२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आईएमई बैंकको ‘ग्लोबल उद्यमी कर्जा’ सार्वजनिक

ग्लोबल आईएमई बैंकको ‘ग्लोबल उद्यमी कर्जा’ सार्वजनिक

साझा पोष्ट
शुक्रबार, फागुन २३ २०८१
  • images
    images
    ग्लोबल आईएमई बैंकको ‘ग्लोबल उद्यमी कर्जा’ सार्वजनिक

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ। महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी उक्त कर्जा ल्याएको बैंकले जनाएको छ।


    images


    यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय संचालन गर्न प्रोत्साहित गर्नेछ।महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्नेछ।
    यस योजनाअन्तर्गत आकर्षक सुबिधाहरु सहित न्यूनतम् ब्याजदरमा महिला उद्यमीहरुलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ।

    महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उहाँहरुकै नेतृत्वमा व्यवसाय संचालन भएका व्यवसायहरु मात्र यस कर्जाका लागी योग्य हुनेछ। यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिंदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।


    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार