२०८३, मंसिर १ गते

सोमबार, मंसिर १ गते २०८३

सोमबार, मंसिर १ गते २०८३

वीर अस्पतालकाे निर्देशकमा डा. दिलीप शर्मा नियुक्त

वीर अस्पतालकाे निर्देशकमा डा. दिलीप शर्मा नियुक्त

साझा पोष्ट
मंगलबार, फागुन २७ २०८१
  • images
    वीर अस्पतालकाे निर्देशकमा डा. दिलीप शर्मा नियुक्त
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा‍. दिलीप शर्मालाई नियुक्त गरेको छ ।


    images


    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।


    नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार