२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ बारे अमेरिकामा अन्तर्क्रिया

‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ बारे अमेरिकामा अन्तर्क्रिया

साझा पोष्ट
मंगलबार, चैत ५ २०८१
  • images
    images
    ‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ बारे अमेरिकामा अन्तर्क्रिया

    अमेरिका । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक संजालको दुरुपयोग रोक्न काउन्सिलले राज्यका निकायहरुसँग समन्वय गरेर काम गरिरहेको बताएका छन् ।


    images


    नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आईतवार टेक्सस राज्यको युलेसमा गरेको ‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ विषयक अन्तरक्रियामा अध्यक्ष बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रम, अफवाह, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसले संचारमाध्यमप्रतिको बुझाईमा समेत नकारात्मक असर गरिरहेकाले दुरुपयोग रोक्नु आवश्यक रहेको बताए । 

    'कन्टेन्ट क्रियटर र संचारमाध्यममा काम गर्ने पत्रकारलाई एकैं प्रकारले बुझ्दा समस्या पैदा भईरहेको छ, सामाजिक सञ्जालमा गरिने झुटो र आधारहीन पोस्टहरुलाई पत्रकारले लेखेको भन्ने आमजनमानसमा बुझाइका कारण केही समस्या हुने गरेको छ ।'  बस्नेतले भने ।

    अध्यक्ष बस्नेतले वर्तमान अवस्थामा युट्युब सञ्चालनलाई कानुनी दायरामा ल्याउन र युट्युब सञ्चालकले सिर्जना गर्ने सामाजिक एवं पारिवारिक सामग्रीमाथि काउन्सिलले पछिल्ला वर्षहरुमा निगरानी बढाउन थालेको बताए।

    अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता कार्यन्वयनका लागि काउन्सिलले काम गरिरहेको बताउँदै  विदेशबाट सञ्चालित नेपाली मिडियामा प्रकाशित सामग्रीले स्वदेश र विदेशमा रहेका नेपाली समुदायमा प्रभाव पार्ने भएकाले पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए ।

     ‘नेपालका मिडियाहरुले सुरु गरेको एआईको प्रयोगलाई समेत काउन्सिलले नियालिरहेको छ, विकसित मुलुकहरुमा मिडियाले गरिरहेका प्रविधिको प्रयोगलाई समेत नेपाली मिडियाहरुले पच्छ्याइरहेका छन्, जसले गर्दा अहिले तथ्य जाँचमा समेत टेवा पुगेको छ,’ अध्यक्ष बस्नेतले भने  ।
    सञ्चारमाध्यम एवं सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार एवम् संयमित बनेर समाचार एव सूचना प्रवाह गर्नसमेत  अध्यक्ष बस्नेतले आग्रह गरे । 

    कार्यक्रममा कार्यपत्र पेश गर्दै  पत्रकार  विनय गुरागाईंले वर्तमान अवस्थामा नेपाली पत्रकारितामा केही नयाँ आयामहरु थपिएको र  नेपालका  मिडिया हाउसहरुले समेत प्रविधिको  प्रयोगमा जोड दिनु सुखद् पक्ष रहेको बताए ।  

     पत्रकारले समाचार प्रवाह गर्दा आचारसंहिताको दायराभित्र बसेर गर्नुपर्नेमा जोड दिँदै समाचार सिर्जना गर्दा पत्रकार संयमित र जिम्मेवार बन्नु आवश्यक रहेकोमा पत्रकार गुरागाईले जोड दिए ।

     नेजाका सल्लाहकार सञ्जय घिमिरेले प्रविधिको बढ्दो विकाससँगै प्रविधिको मात्र प्रयोग गरेर सञ्चारमाध्यमका नाममा बढ्दो द्विविधा र विकृतिप्रति काउन्सिललाई थप निगरानी गर्न आग्रह गरे । घिमिरेले नेपाली मिडियामा पछिल्लो समय केही अराजकता पनि देखिएकाले त्यस्ता मिडियलाई हदैसम्मको कारबाही गर्न काउन्सिल हिच्किचाउन नहुनेमा जोड दिए । 

    नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, महासचिव बाबुराम दाहालको संचालन र नेजाका क्षेत्रीय संयोजक शंकर थापाले धन्यवाद दिएको कार्यक्रममा  विभिन्न  नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधि, संघ संस्थाका प्रमुखहरु,सामाजिक अभियन्ताहरु एवं पत्रकारको सहभागिता थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार