२०८३, मंसिर १ गते

सोमबार, मंसिर १ गते २०८३

सोमबार, मंसिर १ गते २०८३

क्षयरोगका ४० प्रतिशत बिरामी लुकेर बसेको अनुमान

क्षयरोगका ४० प्रतिशत बिरामी लुकेर बसेको अनुमान

साझा पोष्ट
आइतबार, चैत १० २०८१
  • images
    क्षयरोगका ४० प्रतिशत बिरामी लुकेर बसेको अनुमान
    images

    काठमाडौं । क्षयरोगका ४० प्रतिशत बिरामी लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले  पत्रकार सम्मेलनको आयोजना गरी यो जानकारी दिएको हो।


    images


    केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामीको उपचार भैरहेको जानकारी दिए ।

    ‘गत वर्ष हामीले क्षयरोग लागेका ४० हजार सात सय ७६ बिरामीहरू पत्ता लगाएर औषधि उपचारमा लगाएका छौँ। अन्तर्राष्ट्रिय तथ्यांकले ६८ हजार बिरामीहरू प्रतिवर्ष छन् भन्ने देखाएको छ,’ उनले भने, ’अझै पनि ४० प्रतिशत बिरामीहरू समाजमा लुकेर बसेको हुनसक्ने हाम्रो तथ्यांकले देखाएको छ। त्यस्ता बिरामीहरू पत्ता लगाउनको लागि हामीले विभिन्न क्रियाकलापहरू गरिरहेका छौँ। 

    हरेक वर्ष १६ हजारको ज्यान जाने गरेको अनुमान छ । क्षयरोगीमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको बताए। तिवारीकाअनुसार १४ वर्षमुनिका बालबालिकाहरूमा समेत क्षयरोगको संक्रमण बढ्दै गएको छ। क्षयरोग बिरामीहरूमा १४ वर्षमुनिका बालबालिकाहरू ८.६ प्रतिशत तिवारीले बताए।

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार