२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

‘ग्लोवल स्काई क्लव कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

‘ग्लोवल स्काई क्लव कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

साझा पोष्ट
सोमबार, जेठ १२ २०८२
  • images
    images
    ‘ग्लोवल स्काई क्लव कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

    काठमाडौं । ग्लोवल आइएमई बैक लिमिटेडले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लव कार्ड’ शुभारम्भ गरेको छ । 


    images


    काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गरे ।

    ग्लोवल स्काई क्लव कार्डवाहकले यती एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनेछन  भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप निःशुल्क टिकट पाइने बताइएको छ । साथै ग्लोवल स्काई क्लव कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ ।

    बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ । ग्लोवल स्काई क्लव कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक एक सय रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुने ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए । कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउने उनको भनाई छ ।  —न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार