२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिब कार्यक्रम

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिब कार्यक्रम

साझा पोष्ट
सोमबार, जेठ २६ २०८२
  • images
    images
    ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसमा प्लाष्टिक फोहोर संकलनसहित  हाइकिब कार्यक्रम

     काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिब कार्यक्रम आयोजना गरेको छ।


    images

    कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो।


    साथै,हाइकिब रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसका डोका (डस्टबिन) समेत राखिएका छन्, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्याउने विश्वास लिइएको छ।

    GIBL_HIKING_CHAMPADEVI (72).JPG


    संकलन गरिएको फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिकाका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकको उल्लेखनीय उपस्थिति  थियो।

    ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवद्र्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार