२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार भन्दा बढी, महिला भन्दा पुरुष धेरै

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार भन्दा बढी, महिला भन्दा पुरुष धेरै

साझा पोष्ट
शुक्रबार, असार १३ २०८२
  • images
    images
    नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार भन्दा बढी, महिला भन्दा पुरुष धेरै

    काठमाडौं । नेपालमा एचआईभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ ।


    images

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआईभी संक्रमण रहेको देखिएको छ । मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू, महिला यौनकर्मीहरू, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरू लगायत रहेका छन् ।

    एचआईभी संक्रमितहरू महिलाभन्दा पुरुष बढी रहेका छन् । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताइन् । उनका अनुसार नेपालमा एचआईभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ रहेको छ ।

    ‘अहिले नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआईभीको संक्रमण अवस्था छ । मुख्य जोखिम समूह मेल ह्याभिङ सेक्स विथ मेल, ट्रान्सजेण्डर, फिमेल सेक्स वर्कर, ड्रग्स युजर, आप्रवासी व्यक्तिहरूमा मुख्य गरेर एचआईभीको अवस्था अरू सामान्य मानिसमा भन्दा धेरै छ,’ उनले भनिन् ।

     

    नेपालमा एचआईभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ छ । विगतका तथ्यांक र अहिलेको अवस्थाका बारेमा गरिएको विभिन्न अध्ययनलाई लिएर यो सार्वजनिक गरिएको ओझाले जानकारी दिइन् ।

    ‘विशेष गरी सेक्सवर्करहरू, फिमेल सेक्स वर्कर १ लाख १५ हजार ९ सय १९ जना हुनुहुन्छ भने मेल ह्याभिङ सेक्स विथ मेल उहाँहरु ७७ हजार ३ सय ४० जना हुनुहुन्छ,’ उनले भनिन्, ‘ट्रान्सजेण्डर व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ जना हामीले मुख्य जोखिम समूहका रुपमा हामीले गरेको स्टडीले देखाएको छ ।’

    यौन व्यवसायमा संलग्न व्यक्तिहरू १ लाख १५ हजार ९ सय १९ जनामा, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष ७७ हजार ३ सय ४० जना र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरु २७ हजार ८ सय ३९ र लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु ४४ हजार ३ सय ५० जनामा यो अध्ययन गरिएको हो ।

    निःशुल्क साधन अभाव परीक्षण सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै जाँदा नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न निकै चुनौती खेप्नुपर्ने विज्ञहरुले बताएका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार