२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आइएमई बैंकले ल्यायो 'धान खेती कर्जा', किसानलाई २० लाखसम्म कर्जा सुविधा

ग्लोबल आइएमई बैंकले ल्यायो 'धान खेती कर्जा', किसानलाई २० लाखसम्म कर्जा सुविधा

साझा पोष्ट
आइतबार, असार १५ २०८२
  • images
    images
    ग्लोबल आइएमई बैंकले ल्यायो 'धान खेती कर्जा', किसानलाई २० लाखसम्म कर्जा सुविधा

    काठमाडौं । राष्ट्रिय धान दिवसको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले किसानलाई लक्षित गर्दै विशेष कृषि कर्जा योजना “धान खेती कर्जा” सार्वजनिक गरेको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमा घोषित दुई वर्षभित्र धानमा आत्मनिर्भर हुने रणनीतिलाई सहयोग पु‍र्याउने उद्देश्यले बैंकले यो कर्जा योजना ल्याएको हो।


    images

    यस योजनाअन्तर्गत कृषकले धानको बीउ, रासायनिक वा जैविक मल, कृषि उपकरण तथा अन्य आवश्यक सामग्री खरिद गर्नका लागि बैंकबाट अधिकतम २० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। योजना किसानको आम्दानी वृद्धि, खेतयोग्य जमिनको सदुपयोग तथा कृषि व्यवसायलाई मर्यादित बनाउँदै किसानलाई प्रोत्साहन दिने उद्देश्यसहित ल्याइएको हो।

    बैंकले धान दिवसकै अवसरमा टोखा नगरपालिका वडा नं. १, राधाकृष्ण मन्दिर नजिक रहेको फाँटमा धान रोपाई कार्यक्रम समेत आयोजना गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो।

    dhan_global1.jpg

    कार्यक्रममा बोल्दै सीइओ रेग्मीले सरकारले लिएको खाद्यान्न आत्मनिर्भरताको लक्ष्यमा बैंकले सहकार्य गर्दै आएको उल्लेख गरे। उनले भने, “कृषिको आधुनिकीकरण, व्यवसायीकरण र उत्पादनवृद्धि गरी किसानको मनोबल उकास्न बैंकले समय सान्दर्भिक योजना ल्याउँदै आएको छ। आज सार्वजनिक धान खेती कर्जाले कृषकलाई थप प्रोत्साहन दिनेछ।”

    ग्लोबल आइएमई बैंक हाल मुलुकभर ७७ वटै जिल्लामा ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर, ३ विदेशी प्रतिनिधि कार्यालयमार्फत १ हजार भन्दा बढी सेवा केन्द्र सञ्चालनमा ल्याएर ग्राहक सेवा विस्तार गर्दै आएको छ। साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, मलेशिया, खाडी मुलुकलगायत १५ भन्दा बढी देशबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।

    ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड २०२४” र युरो मनीको “अवार्ड फर एक्सलेन्स २०२४” प्राप्त ग्लोबल आइएमई बैंक मुलुकको निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित छ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार