२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

नेपाली जनप्रगतिशील मञ्च नर्वेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा चापागाईं

नेपाली जनप्रगतिशील मञ्च नर्वेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा चापागाईं

साझा पोष्ट
बिहीबार , असार २६ २०८२
  • images
    images
    नेपाली जनप्रगतिशील मञ्च नर्वेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा चापागाईं

    ओस्लो । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशनले डिलाराम चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


    images

    नर्वेको राजधानी ओस्लोमा मंगलबार भएको अधिवेशनले  उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार र कोषाध्यक्षमा डा. सञ्जय अर्याललाई  चयन गरेको छ । 

    यसैगरी, कार्यसमिति सदस्यहरूमा सुमन लामा, मिना पाण्डे तिमल्सिना, महेन्द्र थापा, अमरराज पन्त, सुभाष तिमल्सिना र सुरेन्द्र केसीलाई चयन भएका छन् । 

    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका पश्चिम अन्तर महादेशिय प्रदेशका संयोजक उदयराज गौतमले गैरआवासिय नेपालीहरूको मुद्दाका विषयमा सबै प्रवासी नेपालीहरू एकतावद्व भएर अघि बढ्नुपर्ने बताए ।

    गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष विष्णु गौतमले नागरिकता सम्बन्धी ऐनमा संविधानले प्रदत्त गरेका हक अधिकार सुनिश्चतता हुनुुपर्ने बताए ।

    जनप्रगतिशिल मञ्च युरोपका पूर्व अध्यक्ष डा.कृष्ण अर्यालले देशका तमाम विकृति विसंगति तथा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव, महासंघ युरोप शाखाका पूर्व अध्यक्ष प्रेम परियार, जनसम्पर्क समिति नर्वेका सभापति, प्रवासी नेपाली मञ्च नर्वे, नेपाली पोर्चुगिज समाज, नेपाली विद्यार्थी समाज, ओस्लोका अध्यक्ष तथा प्रतिनिधि लगायतले आफ्नो धारणा राखेका थिए ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार