२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नयाँ पर्यटन नीति सार्वजनिकः नेपाललाई अद्वितीय पयर्टकीय गन्तव्य बनाउने सरकारको दाबी

नयाँ पर्यटन नीति सार्वजनिकः नेपाललाई अद्वितीय पयर्टकीय गन्तव्य बनाउने सरकारको दाबी

साझा पोष्ट
सोमबार, साउन १२ २०८२
  • images
    images
    नयाँ पर्यटन नीति सार्वजनिकः नेपाललाई अद्वितीय पयर्टकीय गन्तव्य बनाउने सरकारको दाबी

    काठमाडौं । सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवद्र्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पर्यटन नीति सार्वजनिक गरेका हुन्।


    images

    मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्वपूर्ण हुने बताए । उनले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरु समेत नीतिमा समावेश गर्दै जाने बताए। उनले नीति कार्यान्वयनका लागि कार्यनीति र रणनीति निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए। उनले संघीयतालाई थप प्रभावकारी बनाउन समन्वय परिषद् समेत गठन गरिएको उल्लेख गर्दै विभिन्न ठाउँमा गरी तीन वटा बैठक सम्पन्न भइसकेको पनि बताए । नीतिमार्फत नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उनको भनाइ छ ।

    उनले भने, ‘मुलुकमा सुशासन कायम होस् भन्ने हिसावले नै नीति ल्याउने हो । राम्रो नीति बनाउने हो । यस नीतिमा अझै पनि केही कुरा छुटेको हुनसक्छ । त्यसका लागि पनि हामी सबै सचेत छौं । नीतिमा छुटेका कुराहरुलाई अगामी दिनमा मिलाउने अधिकार हामीलाई छँदैछ । तर अहिलेको लागि हामी सबैको लागि खुशीको कुरा भनेको हामीले नीति प्राप्त गरेका छौं । अद्वितीय पर्यटकीय गन्तव्य रुपमा नेपाललाई चिनाउनको लागि पनि नीतिले महत्वपूर्ण भुमिका खेल्ने छ । पर्यटकीय हिसाबले र सांसकृतिक हिसावले पनि नेपाल बाहिर दोस्रो त्यस्तो ठाउँ छैन । त्यसको कार्यान्वयनको लागि कार्यनीति र रणनीति बनाउने कामहरु समेत भइरहेको छ । संघीयतालाई अझै प्रभावकारी बनाउनको लागि हामीले समन्वय परिषद् गठन भएको छ ।’

    मन्त्रालय मातहतका निकायहरुको मर्ज गर्ने मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणमा केही समस्या भएको पनि मन्त्री पाण्डेले बताए । उनले सबै निकायहरुको लागि विशिष्टकृत ऐन निर्माणमा मन्त्री सक्रिय रहेको बताए। भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्वी भएका देशहरुमा सिधा उडान होस् भन्ने धेरै चाहना भएको उल्लेख गर्दै उनले त्यहीअनुसार कार्ययोजना बनाइरहेको पनि बताए ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार