२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

२०३० सम्ममा वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रन सक्ने प्रक्षेपण

२०३० सम्ममा वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रन सक्ने प्रक्षेपण

साझा पोष्ट
आइतबार, साउन १८ २०८२
  • images
    images
    २०३० सम्ममा वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रन सक्ने प्रक्षेपण

    काठमाडौं । पछिल्लो समय पर्यटकहरूको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरू प्रक्षेपण गरेका छन्। 


    images

    उनीहरूकाअनुसार हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको संख्यामा भारी रुपमा वृद्धि हुनेछ। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाकाअनुसार अहिले पर्यटक आगमनको क्रमलाई हेर्दा सन् २०२५ को जुलाईमा मात्रै ७० हजार भन्दा बढी पर्यटक आगमन भएको छ। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सन् २०२४ को जुलाईको आँकडा हेर्दा बढेको बताए।

    यसरी पर्यटक वृद्धि २०२५ मा करिव १२ लाख पर्यटक आगागनको हाराहारीमा पुगिनेछ। त्यसो त,  नेपाल एयरलाइन्स बाहेक अन्य हवाई उडान सेवा प्रदायकको उडानका कारण पर्यटकको संख्या पनि बढ्ने हुन्छ। तर नेपाल एयरलाइन्सको गन्तव्यमा बढाउनैपर्छ।

    नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ को जुलाईमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन्। जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८।७ प्रतिशत पर्यटक आएका छन्। दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना, बंगलादेशबाट ४ हजार ४ सय १३ जना  र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन्। 
     

    भारत, चीन, श्रीलंकादेखि अमेरिकनहरू नेपाल घुम्न आउनेक्रम ह्वात्तै बढेको छ। यसले पर्यटन क्षेत्रलाई राम्रो फाइदा पु¥याएको छ भने अर्बौं लगानीमा खुलेका होटलहरू समेत चलायमान हुन पाएका छन्। पर्यटक आउनेक्रम बढ्दा मुुलुकलाई भित्रने विदेशी मुद्रामा समेत वृद्धि हुने गरेको छ। 

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार