२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित

साझा पोष्ट
आइतबार, भदौ ८ २०८२
  • images
    images
    नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित

    काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ  (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् ।


    images

    आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अध्यक्षका अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरे । शेर्पाले तीन सय ४२ मत पाउँदा गुरुङले दुई सय ८८ मत ल्याएका निर्वाचन समितिले जनाएको छ ।

    त्यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्। यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत पाएका छन् । 

    त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन्। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार