अमेरिका । अमेरिका मधेशी समाज केन्द्रीय समिति र टेक्सस राज्य समितिमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको पाँचौं अधिवेशनवाट नितय साहको अध्यक्षतामा केन्द्रीय समिति र राम बाबु गुप्ताको अध्यक्षतामा टेक्सस राज्य समिति चयन भएको हो ।
केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्षमा मुकेश यादव,उपाध्यक्षमा दिनेश यादव,चन्द्रिका भगत(महिला), महासचिवमा विकास गुप्ता, सचिवमा मधुसुधन चौधरी,कोषाध्यक्षमा अजय साह,मिडिया तथा आईटी संयोजकमा नविन ठाकुर,महिला संयोजकमा किरण अधिकारी तथा कार्य समिति सदस्यहरुमा दिल वहादुर राउत, प्रमोद कुमार यादव, भुपाल साह,रोशन यादव, राकेश गुप्ता,सविता साह र सुजिता चौधरी चयन भएका छन् ।
यसैगरी, टेक्सस राज्य समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र चौहान, उपाध्यक्षमा गोविन्द कानु, मानी कर्ण, महासचिवमा विपिन यादव, सचिवमा संजय यादव, कोषाध्यक्षमा संजय कुमार चौधरी, मिडिया तथा आईटी संयोजक बब्लु यादव, स्टुडेन्ट तथा युवा संयोजकमा अजय बम तथा कार्यसमिति सदस्यहरुमा भुवनेश्वर साह, ज्ञान प्रकाश आर्य, हरी ओम पटेल, पप्पु साह, राधा साह, सोनिका दास र संन्दिप पटेल चयन भएका छन् ।
यसैगरी, समाजको बोर्ड अफ डाईरेक्टर समितिमा चियर पर्सन विजय कुमार यादव र सदस्यहरुमा राजेश यादव,नितेश कलवार र मुकेश साह रहेका छन् भने सल्लाहकारहरुमा अमरनाथ साह, लक्ष्मण कलवार,गोपाल स्वार्नाकार, राकेश यादव,हेमन्त झा र देवेन्द्र रे छन् ।


