२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अटिजम विषयमा बनेको ‘मौन’को टिजर सार्वजनिक, रोकिएका शो पुनः सञ्चालनको तयारी

अटिजम विषयमा बनेको ‘मौन’को टिजर सार्वजनिक, रोकिएका शो पुनः सञ्चालनको तयारी

साझा पोष्ट
सोमबार, मंसिर ८ २०८२
  • images
    images
    अटिजम विषयमा बनेको ‘मौन’को  टिजर सार्वजनिक, रोकिएका शो पुनः सञ्चालनको तयारी

    काठमाडौं । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित डकुड्रामा ‘मौन’ को आधिकारिक टिजर सार्वजनिक गरिएको छ। कम्पनिको आधिकारिक च्यानलमार्फत सार्वजनिक १ मिनेट १४ सेकेण्ड लामो टिजरमा एक आमाले आफ्नी छोरीसँग आँखाभरि आँसु लिएर भावनात्मक गल्ती स्वीकार गर्दै सुनाएको कथा मुख्य केन्द्रबिन्दु बनेको छ। टिजरले अटिजम सम्बन्धी गम्भीर पक्षलाई संवेदनशील तरिकाले प्रस्तुत गर्दै दर्शकको चासो बढाएको छ।


    images

    निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै अब ‘मौन’लाई देश–विदेशका फिल्म फेस्टिवल, च्यारिटी शो र विशेष स्क्रिनिङहरूमा प्रस्तुत गर्ने तयारी भइरहेको छ। यसअघि फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरिएको थियो, जसले नै दर्शकको ध्यान तानेको थियो।

    यस डकुड्रामामा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकारहरुले अभिनय देख्न सकिनेछ । टिजरबाटै ‘मौन’ले अटिजम जस्तो संवेदनशील र प्रायः बेवास्ता गरिने विषयमा गहिरो कथा बोकेको स्पष्ट हुन्छ।

    निर्माता–निर्देशक ज्ञवालीले ‘मौन’लाई कुनै व्यावसायिक लाभका लागि नभई समाजमा चेतना र सहानुभूति बढाउन निर्माण गरिएको सामाजिक दायित्वको परियोजना भएको बताए। डकुड्रामाको कथा चर्चित लेखक रामशरण पाठकले लेखेका हुन्।

    केही समयअघि नेपालमा भएको जेन्जी आन्दोलनका कारण ‘मौन’को विशेष शो र च्यारिटी प्रदर्शनहरू केही समयका लागि स्थगित गरिएको थियो। निर्देशक ज्ञवालीले राजनीतिक तथा सामाजिक अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम रोकिएको र अब आयोजकहरूसँग पुनः सल्लाह–समन्वय गरेर विशेष प्रदर्शन सुरु गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए।

    उनका अनुसार डकुड्रामाका स्क्रिनिङहरू केवल मनोरञ्जनका लागि होइन, नेपालका स्कुल, कलेज, संस्था तथा समुदायहरूलाई अटिजमबारे सचेत गराउने अभियानको हिस्सा हुनेछ।

    फिल्मको छायांकन शंकल्प भुजेलले गरेका छन् भने प्रमुख सहायक निर्देशक वसन्त अधिकारी हुन्। सहायक निर्माता हरी क्षेत्री भूपेन्द्र हुन्। ध्वनि डिजाइनिङमा भरत कँडेल, कलर ग्रेडिङमा राजेन्द्र मोक्तान, सम्पादन नहकुल खड्काले गरेका हुन् ।

    यस फिल्मका निर्माता तथा निर्देशक रामजी ज्ञवाली एक दशक लामो पत्रकारितापछि डकुड्रामा, डकुमेन्ट्री र सर्ट फिल्म मेकिङमा लागेका थिए । उनले आराध्या, एक लभर, हनिमुन, लिलामी, डार्कमुन, लापत्ता सन्तान, रित्तो गाउँ, मौन, निशब्द लगायतका प्रोजेक्ट बनाइसकेका छन् । यद्यपी मौन, निशब्द र रित्तो गाउँ भने च्यारिटी शो, विशेष प्रदर्शन केन्द्रित भन्दै सार्वजनिक नगरी राखेका छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार