२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमान्डु एनपीएलको 'प्लेअफ' नजिक, कठिन अवस्थामा कर्णाली

काठमान्डु एनपीएलको 'प्लेअफ' नजिक, कठिन अवस्थामा कर्णाली

आइतबार, मंसिर १४ २०८२
  • images
    images
    काठमान्डु एनपीएलको 'प्लेअफ' नजिक, कठिन अवस्थामा कर्णाली

    दीपेन्द्र कुँवर- 
    काठमाडौं ।  कर्णाली याक्सलाई पाँच विकेटले हराउँदै काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल)को  ‘प्लेअफ’ नजिक पुगेको छ। 


    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको महत्वपूर्ण खेलमा कर्णालीलाई हराएसँगै काठमाण्डु अंक तालिको दोस्रो स्थानमा उक्लिएको छ। कर्णालीको आठ अंक भएको छ भने शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्सको १० अंक छ। 

    यो हारसँगै कर्णालीको ‘प्लेअफ’ यात्रा कठिन भएको छ। कर्णालीले लगातार तेस्रो हार ब्यहोरेको छ। अहिलेसम्म खेलका पाँच खेलमा चौथो हार हो । एक खेल मात्रै जितेको कर्णालीको दुई अंक छ । 

    अब लिग चरणको आफ्नो अन्तिम खेलमा काठमाण्डुले बिहीबार पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। कर्णालीले लिग चरणमा पोखरा र जनकपुर बोल्ट्ससँग खेल्न बाँकी छ। कर्णालीले पोखरासँग बिहीबार र जनकपुरसँग आइतबार खेल्ने तालिका छ। कर्णालीले अब प्लेअफ पुग्नका लागि बाँकी दुई खेलमा जित निकालेर मात्र पर्याप्त हुनेछैन। अन्य खेलको नतिजा पनि आफु अनुकुल आउनुपर्नेछ। 

    कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाएर १५५ रन बनाउँदै पूरा गरेको हो । उसको जितमा जेरार्ड एरासमस र जोन सिम्पसनले उत्कृष्ट ब्याटिङ गरे । एरासमसले नटआउट ४३ र सिम्पसनले आउट हुनुअघि ४१ रन बनाए । ६३ रनमा तीन विकेट गुमाएको काठमाण्ण्डुलाई यो जोडीले सम्हाल्यो । कर्णालीका नन्दन यादवले तीन विकेट लिएपनि हार टरेन । 


    टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । कर्णालीका लागि सातौं नम्बरमा ब्याटिङ गरेका गुल्सनले आक्रामक खेल्दै २२ बलमा चौका र ३ छक्का मद्दतमा ४९ रन जोडे । अन्तिम ३ बलमा नन स्टाईकर एन्डमा भएपछि उनले अर्धशतक बनाउने मौका पाएनन् । 

    यस्तै पवन सराफले २८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ३५ र मार्क वाटले २५ बलमा ३० रन हाने । गुल्सन र दीपक डुम्रेले सातौं विकेटका लागि ५५ रनको साझेदारी गरे । १५ ओभरसम्म ९१\६ को अवस्थामा रहेको कर्णालीले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो ।

    काठमान्डुका रासिद खानले २ तथा कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक/एक विकेट लिए ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार