२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

हिमाली पर्यटन अबको गन्तव्यः दिगो र जिम्मवार पर्यटन

हिमाली पर्यटन अबको गन्तव्यः दिगो र जिम्मवार पर्यटन

साझा पोष्ट
मंगलबार, पुस २९ २०८२
  • images
    images
    हिमाली पर्यटन अबको गन्तव्यः दिगो र जिम्मवार पर्यटन

    काठमाडौं । नेपालमा वार्षिक करिव ११ लाख विदेशी पर्यटक आउने गरेका छन्। नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।


    images

    यी मध्ये करिव ४० देखि ४५ प्रतिशत पर्यटक हिमाली क्षेत्र पुग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमशृङ्खला र पदमार्ग नेपाल पर्यटनको मुख्य आकर्षण हुन्। तर पदयात्राका क्रममा जथाभावी फोहोर फाल्ने, निर्धारित ट्रेल नमान्ने र वातावरणीय संवेदनशीलतामा ध्यान नदिने प्रवृत्तिले हिमाली पर्यटनमा चुनौती थपिएको छ। 

    हिमाली पर्यटनलाई दिगो बनाउन पदयात्रा अघि नै योजना बनाउने, पर्यावरणमैत्री सामग्री प्रयोग गर्ने र ट्रेल अनुशासन कायम गर्नु आवश्यक रहेको सरोकारवालाहरु बताउँछन्। विशेषगरी ट्रेल व्यवस्थापन, फोहोर न्युनिकरण र स्थानीय संस्कृति संरक्षण नै मुख्य चुनौती बनेका छन्। त्यसैले हिमाली पर्यटनलाई दिगो र जिम्मेवार बनाउन सरोकारवालाहरूले पहल शुरु गरेका छन्। 

    हिमाली पर्यटनलाई थप व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी को दिगो पर्यटन परियोजनाले हालै तीन सय बढी पर्यटन व्यवसायी, गाइड र भरियाहरूलाई विशेष तालिम दिएको छ।

    तालिममा एभरेष्ट र अन्नपूर्ण मात्र नभई अपि–सैपाल, मनास्लु र कञ्चनजंघा पदमार्गलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ। दिगो पर्यटन परियोजनाका प्रवन्धक धर्म दवाडीले हिमाली क्षेत्रको पर्यटन प्रर्वद्धनमा केन्द्रित रहेर व्यवसायी, गाइड, भरिया, होम स्टे सञ्चालक लगायतलाई प्राथमिक उपचारदेखि स्वागत सत्कार कला जस्ता सीपको प्रशिक्षण दिइएको बताए।

    उनले  चुनौतिपूर्ण रहेको हिमाली क्षेत्रको पदयात्रालाई यस्ता तालिमले सुरक्षित बनाउनुको साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

    हिमाली क्षेत्रमा ट्रेलको अनुशासन नमान्दा वातावरणमा प्रतिकुल असर परेको स्वयं व्यवसायीहरु स्वीकार गर्छन्। विशेषगरी प्लास्टिकजन्य फोहोर र अनियन्त्रित ट्रेल विस्तारले दीर्घकालीन समस्या निम्त्याइरहेको छ। 

    ’पदमार्गलाई अनावश्यक रूपमा फराकिलो बनाइँदैछ। अब हामीले एउटै निश्चित पदमार्ग प्रयोग गर्ने र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पाठ सिकेका छौँ।मेन ट्रायललाई नछोडी, बिरुवाहरूलाई जोगाएर र वातावरणको ओरिजिनल स्वरूप नबिगारी ट्रेकिङ लैजानेबारे म अब पूर्ण सचेत रहनेछु।’

    तालिममा केवल वातावरण संरक्षण मात्र नभई, उच्च हिमाली भेगमा हुनसक्ने दुर्घटना र स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै ‘माउण्टेन फस्र्ट एड ट्रेनिङ’  दिइएको छ। पदयात्राका क्रममा हुनसक्ने चोटपटक, उचाइजन्य रोग, हाइपोथर्मियालगायत जोखिमबाट जोगिन तालिम उपयोगी बनेको सहभागीहरूले बताए। 

    पर्यटकको संख्या बढ्नु मात्रै सफलता होइन। हिमाली क्षेत्रको सौन्र्दय र पर्यावरण जोगाएर मात्र पर्यटनलाई दीर्घकालिन आम्दानीको स्रोत बनाउन सकिन्छ। हिमाली पर्यटनलाई दीर्घकालीन, मर्यादित र दिगो बनाउन पर्यटन व्यवसायी, गाइड, भरिया र पर्यटक सबै जिम्मेवार बन्नु जरुरी छ। जिम्मेवार पर्यटन नै हिमाली क्षेत्रको भविष्य सुरक्षित गर्ने आधार हो। हिमाली पर्यटनलाई दिगो बनाउन शुरु भएको यो पहल कत्तिको प्रभावकारी बन्छ, त्यो भने सबै सरोकारवालाको प्रतिवद्धतामा निर्भर रहनेछ।-न्युज एजेन्सी नेपाल 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार