२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

साझा पोष्ट
शुक्रबार, माघ २ २०८२
  • images
    images
    ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पुरा गरेको छ । 
    बैंकले शुक्रबार ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गर्यो । 
     
    बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । 


    images

    उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।
     
    हाटबजारको ५०औँ हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमहरुले भोग्ने गरेको बजारीकरणको समस्याबाट राहत दिने प्रयास स्वरुप बैंकले सञ्चालन गरेको यस हाट बजारमा खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक, दिगो साना र मझौला उद्यमहरुले आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्न सहज भइरहेको बताए ।

    उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको बताए ।
     
    साथै, रेग्मील हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए । 

    gibl_hat_bazar1.jpg

    उनले भने, हामीले सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार उद्यमी तथा खरिदकर्ताहरुको समर्थन र विश्वासको कारण ५०औँ हप्तासम्म सञ्चालन भएको छ र निरन्तर सञ्चालन भईरहने छ ।'

      हाटबजारलाई भविष्यमा अझ विस्तारित र व्यापक बनाई हजारौं हाटबजारको उत्सव मनाउन पाउने विश्वास उनले व्यक्त गरे  । 

    बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत बुझेर केबल कर्जा प्रवाहमा मात्र केन्द्रित नभई, उद्यमीहरुको चौतर्फी विकास र व्यावसायिक सीप विकासमा पनि विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिए ।
     
    ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ । 

    ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।  

    बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउ“दै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउदै आएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार