२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

पहिलो खेलमा बलियाे थाइल्याण्डको सामना गर्दै नेपाल

पहिलो खेलमा बलियाे थाइल्याण्डको सामना गर्दै नेपाल

शनिबार, माघ ३ २०८२
  • images
    images
    पहिलो खेलमा बलियाे थाइल्याण्डको सामना गर्दै नेपाल

    काठमाडौं । आइतबारदेखि काठमाडौंमा महिला क्रिकेट विश्‍वकपको ग्लोबल छनोट सुरु हुँदैछ । प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग खेल्नेछ ।


    images

     नेपालले आइतवार विहान ९ बजे थाइल्यान्डसँग खेलेर प्रतियोगिता शुरु हुनेछ ।  तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् । 

    समूह चरणको शीर्ष ३ मा पर्न सके नेपाली टोली सुपर सिक्समा पुग्नेछ । त्यसपछि शीर्ष ४ मा पर्न सके  विश्‍वकपमा पुग्नेछ । त्यसैले नेपाललाई घरेलु मैदानमै यो इतिहास रच्ने मौका छ । तर त्यसका लागि नेपालले आफूभन्दा माथिल्लो वरियतामा रहेका टेस्ट राष्ट्रलाई समेत हराउनु पर्नेछ ।

    हामी उत्साहित छौं: कप्तान इन्दु वर्मा

    नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा हुने आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोटका लागि आफ्नो टोली तयारी रहेको बताएकी छन् । छनोट प्रतियोगिता सुरु हुनुअघि शनिबार कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा इन्दुले यो क्षणका लागि १८ वर्षदेखि नेपालले मेहनत गरेको उल्लेख गर्दै प्रतियोगिता जतिसक्दो उत्कृष्ट क्रिकेट प्रदर्शन गर्ने आशा व्यक्त गरिन् । उनले सबै खेलाडी यो प्रतियोगिताका लागि तयार र उत्साहित रहेको पनि बताइन् ।

    indu_berma.jpg
    नेपाली क्रिकेट टिमकी कप्तान इन्दु वर्मा 


    विश्व क्रिकेटका ठूलो राष्ट्रसँग खेल्न पाउँदा खुसी रहेको उनले उल्लेख गरेकी छन् । कप्तान इन्दुले स्कटल्यान्ड र आयरल्यान्डसँगको खेलबाट ठूलो टिमसँग खेल्दा कसरी खेल आफ्नो पक्षमा पार्ने लगायत सिक्न पाएको पनि बताइन् । आगामी छनोट खेलमा त्यसको प्रभाव आउने उनको विश्वास छ । प्रशिक्षण राम्रो रहेको र खेलाडीहरूमा पनि आत्मविश्वास बढिरहेको उनी बताउँछिन् । सफलता एकैपल्ट नआउने र यसको प्राप्तिको लागि समय लाग्ने उनको भनाइ छ । उनले पछिल्लो समय आफ्नो टोलीले राम्रो क्रिकेट खेल्दै आएको र त्यसलाई निरन्तरता पनि दिने आशा व्यक्त गरेकी छन् । यो प्रतियोगिताका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेको उल्लेख गरेकी छन् ।


    आगामी पुस्ताका लागि यो प्रतियोगिताले राम्रो वातावरण मिल्ने उनको आशा छ । कप्तान इन्दुले यति ठूलो प्रतियोगिता नेपालमा आयोजना गर्न दिएकोमा उनले आइसिसीलाई पनि धन्यवाद दिइन् । 

    बलियो छ थाइल्याण्ड 

    थाइल्यान्ड नेपाली महिला क्रिकेट टोलीका लागि चिरपरिचित प्रतिद्वन्द्वी हो र नेपालले अहिलेसम्म  हराउन सकेको छैन । थाइल्यान्डले महिला टी–२० विश्वकप खेलिसकेको छ । सन् २०२० मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा खेलेको थाइल्यान्ड समूह चरणबाट अगाडि बढ्न भने सकेको थिएन ।महिला टी–२०आईमा नेपालले हालसम्म ७ पटक थाइल्यान्डसँग खेलेको छ । ७ वटै खेलमा नेपाल पराजित भएको छ । त्यसकारण नेपाल थाइल्यान्डविरुद्ध पहिलो जितको खोजीमा पनि हुनेछ ।

    नेपालले पछिल्लोपटक एसिया छनोटमा थाइल्यान्डसँग खेलेको थियो, जहाँ नेपाल पराजित भएको थियो ।त्यस्तै त्यसअघि नेपालले घरेलु मैदानमै भएको महिला टी–२०आई शृंखलामा थाइल्यान्डसँग खेलेको थियो । नेपाल ३ वटै खेलमा पराजित भएको थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार