२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

'हेभिवेट' इंग्ल्यान्डसँग उच्च मनोबलका साथ भीड्दै नेपाल

'हेभिवेट' इंग्ल्यान्डसँग उच्च मनोबलका साथ भीड्दै नेपाल

आइतबार, माघ २५ २०८२
  • images
    images
    'हेभिवेट' इंग्ल्यान्डसँग उच्च मनोबलका साथ भीड्दै नेपाल

    मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले आज आईतवार बलियो टोेली बलियो टोली इंग्ल्यान्डको सामना गर्दैछ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।  


    images

    तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ र त्यसका लागि नेपालले समूह चरणका चारमध्ये कम्तीमा २ खेल जित्नुपर्नेछ ।  इंग्ल्यान्डसँगकै खेलमा जित्न सके नेपाली टोलीको उच्च बनोबलका साथ अगाडि बढ्नेछ । त्यसैले नेपालका लागि पहिलो खेलनै विशेष छ । आफ्नो तीन दशकको क्रिकेट यात्रामा नेपाल पहिलो पटक दुई पटकको विश्व विजेता इंग्ल्यान्डसँग खेल्दैछ । 
    इंग्ल्यान्डका लागि पनि एसोसिएट राष्ट्र नेपाल नयाँ प्रतिस्पर्धी हो । त्यसैले दुवै टिम जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् । नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले टिमको मनोबल उच्च रहेको र टेस्ट राष्ट्रविरुद्ध राम्रो खेल्ने तयारीका साथ मैदान उत्रिने बताएका छन् । 

    'समूह चरणमै दुई टेस्ट राष्ट्र इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग खेल्दै छौँ । त्यो खेललाई लिएर हामी उत्साहित छौँ । मनोबल पनि उच्च छ । टेस्ट राष्ट्रविरुद्ध राम्रो नजिता निकाल्छौँ ।’ कप्तान पौडेलले भनेका छन् ।  टेस्ट राष्ट्रविरुद्ध राम्रो प्रदर्शन गरेर सुपर–८ मा पुग्ने टिमको मुख्य ध्येय भएको रोहितले बताए ।

    इंग्ल्यान्ड हरेक जसो विश्वकपमा आफूभन्दा कमजोर मानिएका टोलीसँ 'अपसेट' हुने गरेको छ र त्यो यसपटक पनि नदोहोरियला भन्न सकिन्न, किन भने टि-२० 'फर्म्याट'मा जे पनि हुन सक्छ । नेपालका ओपनर आशिफ शेख पनि यो 'फरम्याट'मा नेपालले इंग्ल्याण्डलाई हराउनै नसक्ने भन्ने पनि नहुने बताउँछन् । 

    'इंग्ल्याण्डलाई टीभीमा हेरेको थियौं, अहिले खेल्न पाउँदा उत्साहित छौ ।  टि २० यस्तो 'फर्म्याट' हो कि जुनसुकै टिमले जुनसुकै टिमलाई डोमिनेट गर्न सक्छ  ।' टिमको खेलमा पनि सुधार आएको बताउँदै आशिफले भनेका छन्, हामीले केही समय यता क्वालिटी क्रिकेट खेलिरहेका छौं । रिजल्टको बारेमा पनि सोचेका छैनौं । राम्रो खेल्छौं ।'

    अर्का ओपनर कुशल भुर्तेल पनि जोफ्रा आर्चर र आदिल राशिद सहितको धारिलो पेश अनि स्पिन  बलिङको सामना गर्न तयार छन् । इंग्ल्याण्डसँग भीड्ने फिक्स भएपछि क्यानसितको भिडियो कुराकानीमा भुर्तेल निकै आत्मविश्वासी देखिए । 

    'म भारत र अष्टेलियासँग खेल्न चाहान्थें तर इंग्ल्याण्डसँग पर्यो । उत्साहित छु । भुर्तेलले भनेका छन,  हामी यसपटक सहभागीताका लागि मात्रै खेलिरहेका छैनौं, सुपर एटका लागि खेल्दैछौं  । तयारी पनि राम्रो छ ।' 

    पछिल्लो समय नेपालले खेलेका २३ खेलमध्ये १७ मा जित निकालेको छ र यसले  टिमको आत्मबल बढाएको छ । असोजमा शारजाहमा वेस्ट इन्डिजविरुद्ध नेपालले २–१ को ऐतिहासिक सिरिज जितेको थियो । वानखेडे स्टेडियमको पिच ब्याटिङका लागि राम्रो मानिने हुनाले यो खेल उच्च स्कोरको हुने अपेक्षा छ। 

    wankhede_1.jpg

    सुपर–८ मा पुग्न नेपालले आफ्नो समूहमा रहेका दुई टेस्ट टोली इंग्ल्यान्ड र वेस्ट इन्डिजमध्ये कम्तीमा एकलाई हराउन सक्नुपर्ने छ । यस्तै स्कटल्यान्ड र इटालीमाथि पनि जित निकाल्दा मात्रै नेपाल सुपर–८ को दाबेदार बन्न सक्ने अवस्था छ । 

    नेपालले सन् २०१४ मा पहिलो विश्वकपमा डेब्यू गर्दा समूह चरणको खेलमा राम्रो प्रदर्शन गरेर शीर्ष ८ को सम्भावना बनाएको थियो । तर, बांग्लादेशसँग नेटरनरेटमा पछि पर्दै निराश हुनुपरेको थियो । 

    त्यसको एक दशकपछि सन् २०२४ मा विश्वकपमा प्रवेश गर्दा बंगलादेश र दक्षिण अफ्रिकाजस्ता टेस्ट राष्ट्रलाई दरिलो चुनौती दियो तर जित निकाल्न नसक्दा समूह चरणबाटै बाहिरिनुपरेको थियो । दुवै हारमा नेपालको अनुभवको कमी देखिएको थियो, किनकी दुवै खेलमा नेपाल जित नजिक पुगेर पनि पराजित भयो । दुवै खेलमा ’ बिग स्टेज’ मा ’प्रेसर ह्याण्डल’ गर्न नसक्दा नेपाल पराजित भएको थियो, जबकि हारिसकेको म्याचलाई दक्षिण अफ्रिका र बंगलादेशले अनुभवकै कारण ’प्रेस ह्याण्डल’ गर्न सक्दा आफ्नो पोल्टामा पारेका थिए । 
    तर यसपटक फरक हुने कप्तान रोहित पौडेलको विश्वास छ । सुपर ८ मा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने उनी बताउँछन् । बिहीबार आयोजित क्याप्टेन्स मिटमा रोहितले टेस्ट राष्ट्रलाई हराइसकेको र अब फेरि हराउन सक्षम रहेको प्रतिक्रिया दिए । ‘हाम्रो लागि यो विश्वकप एकदमै खास छ । किनभने हामीले लगातार दोस्रो पटक विश्वकप खेल्दै छौँ,’ उनले भने, ‘हामीले अन्य विश्वकपभन्दा यो विश्वकपमा फरक नतिजा ल्याउने लक्ष्य लिएका छौँ ।’

    शनिबारदेखि सुरु  प्रतियोगिताको पहिलो दिन तीन खेल भए, जहाँ तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिए । 

    नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज र अमेरिकाले भारतविरुद्ध राम्रो फाइट गरे । शनिवार तीन खेलमा बलियो टोलीविरुद्ध एसोसियट टोली कहाँ चुके ? नेपालले त्यसबाट सिक्न सक्छ । किनकी नेदरल्याण्ड्सले अन्तिम ओभरमा खेल गुमायो, जहाँ उ सम्हालिन सकेको भए नतिजा उल्टिन सक्थ्यो । अमेरिकाले भारत र वेस्टइण्डिजलाई स्कटल्याण्डले आच्छु पारे पनि अनुभवी टोली खेलमा फर्किएर जिते । त्यसैले नेपालले इंग्ल्यान्डजस्तो बलियो टोलीसँग खेल्दा ‘स्पेशल’ केही गर्न यी खेल सिक्न र योजना बनाउन सहयोगी हुन सक्छन् । 

    कसरी लिएको छ इंग्ल्यान्डले नेपाललाई ? 

    इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक नेपाललाई सम्मान गर्दै खेल खेल्ने बताएका छन् । उनले भनेका छन्, ’हामीले हाम्रो खेल पस्किने छौँ । पहिलो खेल एसोसिएट राष्ट्र भए पनि उदाउँदो र युवा टिम नेपालसँग खेल्दै छौँ । विपक्षी जुनसुकै टिम भए पनि हामीले उनीहरूलाई सम्मान गरेर आफ्नो खेल पस्किने छौँ,’ कप्तान ब्रुकले भनेका छन् ।

    इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले पनि  नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिने र  नेपालसँगको खेलपनि अन्य खेलजस्तै महत्वपूर्ण रहेको  प्रतिक्रिया दिएका छन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार