२०८३, मंसिर १ गते

सोमबार, मंसिर १ गते २०८३

सोमबार, मंसिर १ गते २०८३

खोटाङमा बिहे भोज खाएका एकसय भन्दा धेरै गाउँले बिरामी

खोटाङमा बिहे भोज खाएका एकसय भन्दा धेरै गाउँले बिरामी

साझा पोष्ट
आइतबार, माघ २५ २०८२
  • images
    खोटाङमा बिहे भोज खाएका एकसय भन्दा धेरै गाउँले बिरामी
    images

    काठमाडौं । खोटाङमा बिहे भोज खाएका एकसय भन्दा धेरै गाउँले बिरामी परेका छन्। बिरामीमध्ये केहीको गम्भीर छ। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका सबै गाउँले बिरामी परेका जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 


    images

    स्थानीय वर्णबहादुर राईका छोरा किशोर राईको यही माघ २१ गते विवाह भएको थियो। घरमा बेहुली भित्र्याएपछि राई परिवारले माघ २२ गते गाउँलेका लागि भोजको आयोजना गरेका थिए। 

    पाहुना र गाउँले गरि झण्डै डेढसय जनाले मासुभात, दाल तरकारी, अचारसहितको भोज खाएका थिए। प्रहरीले जनाएको छ । 
    भोज खानेलाई ‘फुडपोइजन’ भएको आशंका स्वास्थ्यकर्मीले गरेका छन्। स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेल पनि घटनास्थलमा पुगेका छन्।  स्थानीय सुजना राईको घरमा शिविर राखेर अहिले बिरामीको उपचार भइरहेको छ। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार