२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

जित नजिक पुगेर फेरि चुक्यो नेपाल, इङ्ल्याण्डसँग ४ रनले पराजित

जित नजिक पुगेर फेरि चुक्यो नेपाल, इङ्ल्याण्डसँग ४ रनले पराजित

आइतबार, माघ २५ २०८२
  • images
    images
    जित नजिक पुगेर फेरि चुक्यो नेपाल, इङ्ल्याण्डसँग ४ रनले पराजित

    मुम्बई ।  टि-२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । २ पटकको विश्व च्याम्पियन इङ्ल्याण्डले नेपाललाइ ४ रनले पराजित गर्याे ।


    images

    वानखेडे स्टेडियममा १८५ रनको लक्ष्य पछ्याएको नेपालले १८० रनमा रोकियो । सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले हारेको नेपाल फेरि दुई वर्षपछि अर्को टेस्ट नेशनसँग ४ रनले स्तब्ध भयो । 

    अन्तिम ओभरमा नेपाललाई १० रन चाहिएको थियो । तर नेपालले ५ रन मात्रै जोड्न सक्यो । लोकेश बमले अन्तिमससम्म संघर्ष गर्दै २० बलमा नटआउट ३९ रन बनाएपनि हार टार्न सकेनन् । 

    लोकेशले ४ चौका र २ छक्का प्रहार गरे पनि अन्तिम २ बलमा बाउन्ड्री प्रहार गर्नबाट चुके । नेपाल जिततर्फ अघि बढेपछि इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले फिल्ड सेट फेरेको फेर्यै गरिरहेका थिए । अन्तिम ओभरमा इंग्ल्यान्ड पनि निकै तनावमा थियो ।  इंग्ल्यान्डका साम करन बलिङमा आए । करनको पहिलो बललोकेशले डट खेले ।

    दोस्रो बलमा करण केसी र तेस्रो बलमा लोकेशले एक रन नै लिएपछि नेपाललाई जितका लागि ३ बलमा ८ रन चाहिएको थियो । यस्तो बेला लयमा देखिएका लोकेशनै स्ट्राइकमा आए ।  चौथो बलमा लोकेशले २ रन लिएर  सम्भावना जीवित नै राखे । तर पाँचौं बल डट भयो । करण केसी सिंगलका लागि अर्को छेउबाट दौडिन लागेका थिए । तर लोकेश रोकिए । त्यसपछि जितका लागि अन्तिम बलमा ६ रन आवश्यक थियो, जहाँ छक्का प्रहार गर्नुको विकल्प थिएन । तर लोकेशले सिंगल मात्र लिन सके र नेपाल पराजित भयो । 

    lokesh_karan.jpg

    मुम्बईको वानखेडे स्टेडियममा १ सय ८५ रनको बलियो लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो शुरुवात गरेको थियो । कुशल भुर्तेल र आसिफ शेखले ४ ओभर भित्र ३७ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाएका थिए ।आक्रामक खेलेका कुशलले १७ बलमा २९ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । 


     एक चौका प्रहार गरेका आसिले ९ बलमा ७ रन मात्रै जोड्न सके । तर कुशलको आक्रामक खेलले राम्रो रन बन्दा कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई केही सजिलो भयो र उनीहरु सम्हालिएर खेल्न पाए । रोहित  र ऐरीले तेस्रो विकेटमा ५४ बलमा ८२ रनको साझेदारी गर्दै जिततर्फ डोर्याएका थिए ।

     दीपेन्द्र २९ बलमा ४४ रन बनाई आउट भए । उनले ६ चौका र १ छक्का प्रहार गरे । रोहितले ३४ बल खेल्दा समान २ चौका र एक छक्कासहित ३९ रन बनाएर आउट भए । दीपेन्द्र र रोहित आउट भएपछि नेपाल केही दबाबमा पर्यो । त्यसपछि आएका आरिफ शेखले १ छक्का प्रहार सहित ८ बलमा १० रन जोडे । गुलशन झा पनि १ रनमा आउट भए । त्यसपछि लोकेशले एकल संघर्ष गरे । तर हार टरेन् । इङ्ल्यान्डका लाइम डासनले २, लुके उड, जोफ्रा आर्चरी, विल ज्याक्स, साम कुरानले एक एक विकेट लिए । 

    यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले ज्याकोब बेथेल र कप्तान हृयारी ब्रुकको अर्धशतकमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ८४ रन बनाएको थियो । पावर प्लेमा इङ्ल्यान्डले ५७ र पछिल्लो ५ ओभरमा ५० रन जोडेको थियो ।  बेथेलले कुल ३५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५५ रन बनाए ।  ५७–३ को अवस्थामा रहेको स्थितिमा बेथेल र कप्तान ब्रुकले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै इंग्लिस इनिङ्स सम्हालेका थिए । 

    ब्रुकले ३२ बलमा अर्धशतक पुरा गरे । ब्रुकले ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए ।  विल ज्याक्सले १८ बलमा नटआउट ३९ रन बनाए । उनले १ चौका र ४ छक्कासहित फिनिसिङ गरे ।

    बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २५ रनमात्र खर्चेर १ विकेट लिए ।  दीपेन्द्र र नन्दनले २–२ विकेट लिए । दीपेन्द्रले ३ ओभरमा २३ र नन्दनले ३ ओभरमा २५ रन खर्चे ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार