मुम्बई । नेपाली राट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले बिरामी भएका छन् । इटालीविरुद्धको खेलपछि बिरामी परेका कारण उनी शनिवार वानखेडे रंगशालामा भएको टिमको अभ्यास सत्रमा उपस्थित हुन नसकेको सकेनन् । अभ्यास सत्रपछि बालसाहेव ठाकरे पत्रकार कक्षमा बोल्दै प्रशिक्षक स्टुआर्ट लले रोहितलाई ज्वरो आएको जानकारी दिए । ‘शुक्रबारबाट रोहितलाई ज्वरो आएकाले अभ्यासमा उपलब्ध भएनन्।’ प्रशिक्षक लले भने ।
प्रशिक्षक लले शुक्रवार रोहितलाई ज्वरो आएको र आज पेट दुख्ने समस्या पनि देखिएको जानकारी दिए । तर रोहित आईतवार वेस्ट इण्डिजविरुद्धको खेलमा उपलब्ध हुने विश्वास गरिएको छ ।
'तर भोलिको खेलमा उनी ठीक हुने आशा गरिएको छ।’ प्रशिक्षक ल ले भने । नेपालले टि २० विश्वकपमा अब वेस्ट इण्डिज र स्कटल्याण्डसँग खेल्न बाँकी छ ।तर विहीवार इटालीसँग १० विकेटले पराजित भएपछि सुपर एट पुग्ने सम्भावना कमजोर बनेको छ । आफूभन्दा वरियतामा १० स्थान तल रहेको इटालीसँग अप्रत्यासित नतिजा आएपछि नेपाली खेलाडीको सर्वत्र आलोचना भइरहेको छ ।
त्यसअघि नेपाली टिम इंग्ल्यान्डसँग ४ रनले पराजित हुँदा सर्वत्र नेपाली खेलाडीको सर्वत्र चर्चा बढेको थियो । तर इटलीसँगको हारपछि सर्वत्र निराशा व्यक्त भैरहेको छ । प्रशिक्षक लले वेष्ट इन्डिजविरुद्ध जितको विकल्प छैन जित्न खेल्ने बताएका छन् ।
यसैबिच नेपाल क्रिकेट संघका सचिव एवम् नेपाली टिमका पूर्वकप्तान पारस खड्काले खेलमा हार जित हुने भएकोले खेलाडिको मनोबल गिराउने गतिविधि गर्न अपिल गरेका छन् । उनले नेपालले फाइट ब्याक गर्ने सम्भावना रहेको भन्दै हौसला बढाई दिन पनि आग्रह गरेका छन् ।
'आशा छ नेपालले फाइट ब्याक गर्छ । हाम्रो शुभकामना छ ।' मुम्बईमा पत्रकारसँग कुरा गर्दै उनले भने, यो विश्वकपपछि पनि वन डे स्ट्याटसका लागि सीडब्लुसी लिगको खेलहरु पनि बाँकी छ । त्यसैले खेलाडिको मनोबल नगिराइकन भरपुर सहयोग गरौं ।'


