२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या

अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या

साझा पोष्ट
मंगलबार, फागुन १२ २०८२
  • images
    images
    अमेरिकामा एक नेपालीले गरे श्रीमती र छोरीको हत्या

    काठमाडौं । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले श्रीमती र छोरीको हत्या गरेका छन् । 


    images

    ५० वर्षीय छत्रबहादुर थापाले परिवारका सदस्यहरूमाथि १० इन्च लामो धारिलो हतियार प्रहार गर्दा श्रीमती र छोरीको मृत्यु भएको हो भने ज्वाइँ घाइते छन् ।  घटना फेयरफ्याक्स काउन्टीस्थित पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टको हो ।

    घटना देखेपछि छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेतले प्रहरीमा खबर गरेका थिए । छत्रबहादुरले ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन् । छत्रबहादुरले ज्वाइँ सन्तोषलाई पनि आक्रमण गरेका थिए । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार