२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

वसन्तपुरमा होलीको उल्लास (फोटो फिचर)

वसन्तपुरमा होलीको उल्लास (फोटो फिचर)

साझा पोष्ट
सोमबार, फागुन १८ २०८२
  • images
    images
    वसन्तपुरमा होलीको उल्लास (फोटो फिचर)
    तस्बिर; अनुप प्रधान/न्युज एजेन्सी नेपाल

    काठमाडौं। वसन्तपुर दरबार क्षेत्रको वातावरण आज अर्कै छ । काठमाडौंको मुटु, जहाँ ढुङ्गाका मूर्तिहरू बोल्छन् र इतिहासले सास फेर्छ । हावामा अबिरको सुगन्ध छ र आकाश रङ्गीन बादलले ढाकिएको छ ।


    images

    यो केवल एउटा पर्व मात्र होइन । होली खुशी साट्ने माध्यम पनि हो । सैको हातमा रातो, कसैकोमा नीलो त कसैकोमा पहेँलो । यी रङ्गहरूमा कुनै भेदभाव छैन । यहाँ न कोही पराई छ, न कोही अपरिचित । जब गालाहरूमा अबिरको स्पर्श हुन्छ, तब मानिसका मनहरू पनि एकाकार हुन्छन् ।

    वसन्तको यो आगमनले सुक्खा रुखहरूमा मात्र होइन, मानिसका भावनाहरूमा पनि पालुवा फेराएको छ । पिचकारीबाट निस्किएका पानीका फोहोराहरू र ती साना नानीहरूको खिलखिलाउँदो हाँसो । साँच्चै होलीमा खुशी जादु नै छ । एउटा सानो बालकले जब आफ्नो कलिलो हातले रङ्ग दल्छ, तब लाग्छ संसारका सारा खुशीहरू यही मुस्कानमा लुकेका छन् । यो पर्वले हामीलाई फेरि एकपटक बालक बन्न सिकाउँछ ।

    सात समुन्द्र पारिबाट आएका पाहुना हुन् वा हाम्रै गल्लीका छिमेकी, आज सबै एउटै रङ्गमा रङ्गिएका छन् । ‘ह्याप्पी होली’ को एउटै गुञ्जनले भाषा र भूगोलको सीमा मेटिदिएको छ ।

    साइकलका पाङ्ग्राहरूदेखि मन्दिरका खुड्किलाहरूसम्म, जहाँ हेर्यो त्यहीँ उत्साहको भेल छ । सुरक्षामा खटिएका प्रहरीदेखि रमाइलो गरिरहेका युवायुवतीसम्म, सबैको अनुहारमा एउटै चमक छ— आत्मीयताको चमक ।

    होली केवल रङ्गहरूको पर्व मात्र होइन यो त मनभित्रको तिक्ततालाई पखालेर प्रेम र सद्भाव भर्ने अवसर हो । वसन्तपुरको यो ऐतिहासिक आँगन साक्षी छ— कि रङ्गहरूले मानिसलाई जोड्छन्, तोड्दैनन् । 

    holi_basantpur_2 .jpg
    holi_basantpur_3.jpg
    basantpur_holi1.jpg
    holi_basantpur_4.jpg
    holi_basantpur_6.jpg
    holi_basantpur_7.jpg
    holi_basantpur_5.jpg

    तस्बिर: अनुप प्रधान/न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार