२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इरानी नागरिकलाई नेपालको 'अन अराइभ भिसा बन्द

इरानी नागरिकलाई नेपालको 'अन अराइभ भिसा बन्द

साझा पोष्ट
शुक्रबार, फागुन २९ २०८२
  • images
    images
    इरानी नागरिकलाई नेपालको 'अन अराइभ भिसा बन्द

    काठमाडौं । नेपाल सरकारले इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ ।


    images

    सरकारले आफ्नो भिसा नीतिमा हेरफेर गर्दै यस्तो निर्णय गरेको हो । अध्यागमन विभागका अनुसार अबदेखि इरानका साधारण राहदानीवाहक नागरिकहरुले नेपाल भ्रमणमा आउनुअघि अनिवार्य रुपमा विदेशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा प्राप्त गर्नुपर्नेछ ।
    सुरक्षा संवेदनशीलता र अध्यागमन व्यवस्थापनलाई थप चुस्त बनाउन सरकारले यो कदम चालेको हो । 

    शरणार्थीको पहिचान स्वरुप ट्राभल डकुमेन्ट बोक्ने व्यक्तिहरुका लागि पनि नेपाल प्रवेशको नियममा कडाइ गरिएको छ । त्यस्ता व्यक्तिहरुले पनि अब नेपाल आउनु अघि नै विदेशस्थित नेपाली दूतावासबाट पूर्वस्वीकृति र भिसा लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
    सरकारी र कूटनीतिक राहदानीवाहक इरानी नागरिकका हकमा भने पुरानै व्यवस्था कायम रहने विभागले स्पष्ट पारेको छ ।


    यो नयाँ व्यवस्थासँगै नेपाल आइपुगेपछि विमानस्थल वा प्रवेश नाकामै भिसा नपाउने देशहरुको संख्या अब १३ पुगेको छ । यसअघि नै नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकहरुलाई नेपालले अन–अराइभल भिसा नदिने सूचीमा राखेको थियो ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार