२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

इरानले भन्यो:  ‘स्ट्रेट अफ होर्मुज’ अमेरिका र इजरायलबाहेक अरुका लागि खुला छ

इरानले भन्यो:  ‘स्ट्रेट अफ होर्मुज’ अमेरिका र इजरायलबाहेक अरुका लागि खुला छ

साझा पोष्ट
आइतबार, चैत १ २०८२
  • images
    images
    इरानले भन्यो:  ‘स्ट्रेट अफ होर्मुज’ अमेरिका र इजरायलबाहेक अरुका लागि खुला छ

    काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वभर पेट्रोलियम पदार्थ ढुवानीको एक प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ अमेरिका र इजरायलका लागि मात्रै बन्द गरिएको बताएका छन् ।। 


    images

    उनका अनुसार यो मार्ग पूर्णरुपमा बन्द नगरी  अमेरिका र इजरायल बाहेक अन्य देशका जहाजलाई पनि आउ–जाउ गर्न दिइएको  छ । 

    एक अन्तर्वार्तामा इरानका विदेशमन्त्री अरघचीले भनेका छन्, ‘स्ट्रेट अफ होर्मुज खुला छ । तर जुन देशले इरानमाथि हमला गरिरहेका छन् वा इरानका दुश्मन हुन्, ती देशका जहाजलाई रोक लगाइने छ । बाँकी देशका जहाज सामान्य रुपमा आउजाउ गर्न सक्नेछन् ।’

    उनले यस्तो भने पनि आक्रमणको डरले सयौं जहाज रोकिएका छन् । जसका कारण विश्वभर इन्धन आपूर्ति प्रभावित भएको छ । कतिपयले सुरक्षाको कारण योे बाटो प्रयोग गर्न मानेका छैनन् ।

    इरानी विदेशमन्त्री अरघचीले पनि सुरक्षा कारणले धेरै जहाजहरूले उक्त मार्ग प्रयोग गर्न नचाहेको बताएका छन् । उनका अनुसार यो निर्णय जहाज सञ्चालन गर्ने कम्पनीहरूको हो र यसको प्रत्यक्ष सम्बन्ध इरानसँग छैन । उनले अझै पनि केही तेल ट्यांकर र जहाजहरू होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेको बताए । भारतको विदेश मन्त्रालयका प्रवक्ताले पनि तेल ग्यास बोकेका दुईवटा जहाज भारततर्फ आइरहेको जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार