२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रास्वपाको बैठक भर्चुअल बस्ने, नेताहरु पार्टी कार्यालयबाट फर्किए

रास्वपाको बैठक भर्चुअल बस्ने, नेताहरु पार्टी कार्यालयबाट फर्किए

साझा पोष्ट
आइतबार, चैत १ २०८२
  • images
    images
    रास्वपाको बैठक भर्चुअल बस्ने, नेताहरु पार्टी कार्यालयबाट फर्किए

    काठमाडौं । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ । पहिले केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने तय भएपछि पछि भर्चुअल बनाइएको हो । 
    केन्द्रीय कार्यालय बनस्थली पुगेका नेताहरु पनि बैठक भर्चुल बस्ने जानकारी पाएपछि  त्यहाँबाट फर्किएका छन् ।


    images

    उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा नेताहरु सोविता गौतम, लगायत केन्द्रीय कार्यालय पुगेका थिए । प्रवक्ता झाले त्यहाँ पत्रकारहरुसँग कुरा गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरुको नामावली आज निर्वाचन आयोगमा बुझाउने जानकारी दिए ।

    फागुन २१ को निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउनेछ ।

    समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण लगायत निर्वाचनका बाँकी प्रक्रिया पूरा भइसकेपछि नयाँ सरकार गठन हुने र त्यसका लागि १० दिन जति लाग्नसक्ने प्रवक्ता झाले अनुमान गरे ।

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार