२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

योग-ध्यानसँगै दोस्रो दिन रास्वपाको अभिमुखीकरण कक्षा सुरु(तस्बिरहरु)

योग-ध्यानसँगै दोस्रो दिन रास्वपाको अभिमुखीकरण कक्षा सुरु(तस्बिरहरु)

साझा पोष्ट
बुधबार, चैत ४ २०८२
  • images
    images
    योग-ध्यानसँगै दोस्रो दिन रास्वपाको अभिमुखीकरण कक्षा सुरु(तस्बिरहरु)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिनको सुरूवात योग–ध्यान कक्षासँगै सुरू भएको छ । ललितपुरको होटल टुलिपमा मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु भएको थियो ।


    images

     कसले दिँदैछ आज प्रशिक्षण ?

    पूर्वनिर्धारित कार्यतालिका अनुसार आज पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया ः योजना तथा बजेट निर्माणबारे प्रशिक्षण दिँदैछन् । उनको प्रस्तुति बिहान ९ बजेदेखि ९ः४५ बजेसम्म रहनेछ ।

    बिहान ९ः४५ बजेदेखि १०ः४५ बजेसम्म अर्का पूर्वसचिव प्रताप कुमार पाठकले ‘सुशासन: अवधारणा र अभ्यास’ सम्बन्धमा सिकाउने छन् ।

    त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदको सम्बन्ध:  नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धताका विषयमा प्रस्तुति दिनेछन् ।

    sp_dhyan_2.jpg

    अनि सांसदहरुद्वारा एजेण्डा प्राथमिकता निर्धारण सम्बन्धमा समूह कार्य तथा प्रस्तुति रहनेछ । मध्याह्न १२ बजेपछि समापन सत्र सुरु हुनेछ । यस सत्रमा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुति प्रस्तुत गर्न सहजीकरण गर्नेछन् ।

    अभिमुखीकरण कार्यक्रममा सहभागीहरुको तर्फबाट धन्यवाद मन्तव्य जेनजी सांसदद्व प्रशान्त उप्रेती र खिमा विकले राख्नेछन् ।

    अन्त्यमा साढे १२ बजेदेखि १ बजेको बीचतिर सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने छन् ।

    rsp_dhyan.jpg

    दिउँसो १ बजेको खाजासँगै अभिमुखीकरण कार्यक्रम सम्पन्न हुने रास्वपाको पूर्वनिर्धारित कार्यतालिका छ ।  कार्यतालिका अनुसार अन्त्यमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य दिनेछन् । 

    प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु कार्यक्रममा सहभागी छन् । उनीहरुलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।

    rsp_dhyan_3.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार