२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन अघि बढाईयो

देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन अघि बढाईयो

साझा पोष्ट
आइतबार, चैत १५ २०८२
  • images
    images
    देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन अघि बढाईयो

    काठमाडौं । सरकारले तीन जना पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ । 


    images

    पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो ।

    सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ । 

    विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेका हुन् । यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । प्रचण्डकी छाेरी गंगाको निवास र ओली निवासको समेत घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो ।

    अहिले त्यही अनुसन्धानलाई थप तिव्रता दिएर  विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार