२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

काठमाडौंका प्रजिअको एमालेलाई चेतावनीः अशान्ति फैलाए कारवाही हुन्छ

काठमाडौंका प्रजिअको एमालेलाई चेतावनीः अशान्ति फैलाए कारवाही हुन्छ

साझा पोष्ट
आइतबार, चैत १५ २०८२
  • images
    images
    काठमाडौंका प्रजिअको एमालेलाई चेतावनीः अशान्ति फैलाए कारवाही हुन्छ

    काठमाडौं ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताएका छन्।


    images

    आइतबार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै उनले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ति फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताएका हुन्।

    आफूहरुलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावअनुसार निर्वाह गर्ने उनको भनाइ छ। उनले शनिबार फिल्डमा भएको गतिविधिबारे राम्रोसँग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानूनी क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गरिनेसमेत स्पष्ट पारे।

    उनले भने, ‘हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ। हामी हाम्रो प्रशासनिक पेशागत भावअनुसार अगाडि बढ्छौँ। हिजोको घटनामा केही झडपहरु भएका छन्। हामी सुरक्षाकर्मीहरुलाई पनि आफ्नो कर्तव्य संयमित भएर निर्वाह गर्न भनेका छौँ। केही हर्कतहरु हिजो भएका छन्। ती सबैलाई कानूनी दायरमा ल्याउँछौँ।’

    पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोधत्र पत्र बुझाएको थियो। विरोधपत्रमा संविधान, मानवअधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरेको छ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार