२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

साझा पोष्ट
आइतबार, चैत १५ २०८२
  • images
    images
    दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौं । पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ। 


    images

    आइतबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिवप्रसाद पराजुलीको इजलासले पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। 

    पूर्वमन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा आइतबार बिहान पक्राउ गरिएको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति लिन आइतबार अपराह्न जिल्ला अदालतमा उपस्थित गराइएको थियो । 

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कासँग बयान लिने कार्य सुरु भए पनि उनीविरुद्धका प्रमाण बुझ्न र बयान गराउने लगायतका अनुसम्धान सम्बन्धी कार्य बाँकी रहेकाले हिरासतमा राख्न अनुमति मागेको थियो। विभागले गरेको माग मनासिव नदेखिएकोले अनुमति दिइएको जनाइएको छ। 

    अदालतको आदेशमा भनिएको छ, ‘अनुमति माग गरेको बेहोरा मनासिव देखिँदा निज प्रतिवादी दीपक खड्कालाई हिरासतमा राखी उपयुक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम मिति २०८२ चैत १५ गतेदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमती प्रदान गरिदिएको छ।’
     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार