२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मा पक्राउ

साझा पोष्ट
सोमबार, चैत १६ २०८२
  • images
    images
    लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मा पक्राउ

    काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन् ।


    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई केहीबेर अघि पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौंको धुम्बराहीबाट पक्राउ गरेको हो ।

    उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गरेको आरोप छ । ६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नाबालिकले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् ।

    घरधनी रेखा कुमारी शर्माको परिवारले पिट्ने गरेको भन्दै नाबालिकाले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्नुपरेको खुलाएकी थिइन् ।

    काठमाडौं महानगरपालिकाका केही प्रशिक्षार्थी  विद्यार्थीले काठमाडौंको सामुदायिक विद्यालयमा पढिरहेका तर बाबुआमा साथमा नभएका बालबालिका बारे सर्वेक्षण गर्दा ती नाबालिका अध्ययनरत विद्यालयमा पुगेर सर्वेक्षण गर्दा उनलाई काममा लगाइएको र श्रमशोषण भएको खुलाएकी थिइन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार