२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

चारपटकको विश्व विजेता इटाली लगातार तेस्रोपटक  विश्वकपमा छनोट हुन असफल

चारपटकको विश्व विजेता इटाली लगातार तेस्रोपटक  विश्वकपमा छनोट हुन असफल

साझा पोष्ट
बुधबार, चैत १८ २०८२
  • images
    images
    चारपटकको विश्व विजेता इटाली लगातार तेस्रोपटक  विश्वकपमा छनोट हुन असफल

    काठमाडौं । चार पटकको विश्व च्याम्पियन इटाली लगातार तेस्रोपटक फिफा विश्वकपमा छनोट हुन असफल भएको छ । 


    images


    युरोपियन प्लेअफको फाइनलमा बोस्निया–हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटालीको यात्रा टुंगिएको हो । यसअघि पनि इटाली २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा छनोट हुन सकेको थिएन । कुनै पनि विश्व च्याम्पियन टोली लगातार तीन पटक छनौट हुन असफल भएको पहिलो पटक हो । 


    प्लेअफको फाइनलमा इटाली बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले स्तब्ध भयो ।  निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

    तर, पेनाल्टी सुटआउटमा इटाली अभागी सावित भयो । बोस्नियाका ४० वर्षीय कप्तान इडिन डेज्कोले  इतिहासमा दोस्रोपटक टिमलाई विश्वकपमा पुर्याउन सफल भए  । पेनाल्टीमा इटालीका पियो एस्पोसिटो र ब्रायन क्रिस्टेन्टको गोल गर्न सकेनन् । एस्पोसिटोको प्रहार आकाशियो भने ब्रायनको प्रहार क्रसबारको तल्लो भागमा लागेर बाहिरिएको थियो । 

    बोस्नियाका लागि पेनाल्टीमा बेन्जामिन ताहिरोभिक, हरिस ताबाकोविच, केरिम अलाजबेगोभिक र एस्मिर बज्रकटारेभिकले गोल गरे । 

    त्यसअघि खेलको १५औँ मिनेटमा मोइस केनले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन पाँच मिनेट बाँकी हुँदा डिफेन्डर अलेसान्द्रो बास्टोनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इटाली १० खेलाडीमा सीमित भएको थियो । 

    खेलको ७९औँ मिनेटमा बोस्नियाका लागि हरिस टाबाकोभिकले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । १० खेलाडीमा सीमित इटालीले अन्तिम समयसम्म बोस्नियालाई १–१ गोलको बराबरीमै रोकेर खेल पेनाल्टी सुटआउटसम्म  पु¥याएको थियो । तर अन्तिममा हारबाट जोगिन सकेन् । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार