२०८३, साउन ३१ गते

आइतबार, साउन ३१ गते २०८३

आइतबार, साउन ३१ गते २०८३

मेरिल्यान्ड 'हाउस अफ डेलिगेट्स' बन्‍ने प्रतिस्पर्धामा सतीश चापागाईं

मेरिल्यान्ड 'हाउस अफ डेलिगेट्स' बन्‍ने प्रतिस्पर्धामा सतीश चापागाईं

साझा पोष्ट
बिहीबार , चैत २६ २०८२
  • images
    images
    मेरिल्यान्ड 'हाउस अफ डेलिगेट्स' बन्‍ने प्रतिस्पर्धामा सतीश चापागाईं

    न्युयोर्क ।  नेपाली मूलका युवा नेता सतीश चापागाईं  मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स बन्न प्रतिस्पर्धामा उत्रिएका छन् ।


    images

    सन् २००८ देखि अमेरिकामा बस्दै आएका  चापागाईंले अमेरिकाको मेरिल्याण्डको डिष्ट्रिक ७ ए बाट स्टेट डेलिगेटका लागि चुनावी अभियान शुरु गरेका हुन । उनले गत महिना नै उमेद्वारी दर्ता गराएको चुनावी प्रचार अभियानको कार्यक्रममा जानकारी गराए ।

    मेरिल्याण्डमा रहेका नेपालीहरुको भव्य उपस्थितीका बीचमा चापागाईले सहयोगको लागि अनुरोध पनि गरे । आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि मेरिल्याण्डमा राज्यमा यहि जुन २३ मा प्राईमरी निर्वाचन हुँदैछ ।
    चापागाईको डिष्ट्रिकमा उनको डेमोक्रेटिक पार्टीको प्राईमरीमा २ सिटका लागि ४ जनाको उम्मेदवारी परेको छ । उनले डेमोक्रेटिक पार्टीभित्र प्राईमरी लड्न लागेका हुन् । चापागाईसंगै लिडिया ब्राउन, चम बेकर र क्लिभलेण्ड रेनोल्ड जुनियर प्रतिस्पर्धामा छन् ।

    चापागाई अहिले सोही डिष्ट्रिकबाट पार्टीको केन्द्रीय सदस्य छन् । चार बर्ष अगाडी चापागाईले ४ हजार १ सय मत ल्याएर पार्टीको केन्द्रीय सदस्य जितेका थिए । प्राईमरीमा निर्वाचन जिते भने चापागाईले रिपब्लिकन उमेद्वारसंग नोभेम्बरमा पुनः निर्वाचन लड्नुपर्ने छ ।

    पछिल्लो मतगणना अनुसार ८३ हजार जनसंख्या रहेको यस डिष्ट्रिकमा ४ प्रतिशत एशियन मूलका मानिस बसोबास गर्दछन ।प्रतिशतका आधारमा यो क्षेत्रमा ४४.९ प्रतिशत रिपब्लिकन, ३४. ७ प्रतिशत डेमोक्र्याट र १८.९ ईन्डिपेन्डेन्ट मतदाता छन् ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार