काठमाडौं । नेपाल र युएईबीच ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज हुने भएको छ ।
दुई देशबिच विश्वकप लिग २ अघि २ खेलको सिरिज आयोजना हुन लागेको हो । दुवै खेल कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा हुनेछन ।
बैशाख १२ मा सुरु हुने लिग २ को सिरिज अघि ७ र ८ गते नेपाल र युएईबीचको ट्वान्टी २० खेल हुन लागेको हो । नेपालले बैशाख १२ बाट लगातार दुई लिग २ का ओडिआई सिरिज आयोजना गर्दैछ ।
सुरुवातमा युएई र ओमानको टोलीसँग घरेलु भुमिमा खेल्ने नेपालले त्यस लगत्तै स्कटल्याण्ड र अमेरिकासँग खेल्नेछ ।


