२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

अन्याय गरिएको भन्दै क्रिकेटर अनुज चनाराले गरे कर्णालीबाट नखेल्ने घोषणा

अन्याय गरिएको भन्दै क्रिकेटर अनुज चनाराले गरे कर्णालीबाट नखेल्ने घोषणा

साझा पोष्ट
मंगलबार, वैशाख १ २०८३
  • images
    images
    अन्याय गरिएको भन्दै क्रिकेटर अनुज चनाराले गरे कर्णालीबाट नखेल्ने घोषणा

    काठमाडौं । प्रधानमन्त्री कपमा सहभागी क्रिकेटर अनुज चनाराले अबदेखि कर्णाली टीमबाट नखेल्ने घोषणा गरेका छन् । आफूलाई लगातार अवसरबाट वञ्चित गरिएको भन्दै उनले नखेल्ने घोषणा गरेका हुन् । 


    images


    सामाजिक सञ्जालमा स्टाटस लेख्दै चनाराले विगत २ वर्षदेखि आफूलाई टोलीमा आफूलाई गरिएको व्यवहारप्रति असन्तुष्टि  जनाएका छन् । ५० ओभरको खेलमा प्राय ३(४ ओभरमात्र बलिङ गर्न दिइने र एउटा खेलमा विकेट लिन नसक्दा टीमबाट बाहिर राखिने गरेको उनको गुनासो छ । 

     ‘मलाई प्लेइङ ११ मा राखिए पनि ५० ओभरको खेलमा प्रायः ३–४ ओभर मात्र बलिङ गर्न दिइन्थ्यो । सुरुवाती ओभरमै १(२ विकेट लिँदा पनि मलाई पूरा १० ओभरको स्पेल दिइएन ।' चनाराले लेखेका छन्,त्यसपछि हरेक खेलमा २-४ ओभर मात्र अवसर दिइयो, र जब विकेट लिन सकिनँ, लगातार २-३ खेलमा टोली बाहिर राखियो । कप्तान र कोचसँग बारम्बार प्रश्न गर्दा ‘स्पिन ट्र्याक छ’ भन्ने जवाफ मात्र पाइन्थ्यो ।’

    चनाराले २०८१ मा दाङमा भएको खेलमा पुलिस क्लवविरुद्ध १० ओभर बलिङ गर्दै २९ रन दिएर ४ विकेट लिएका थिए । यस वर्ष उनले सुदुरपश्चिमविरुद्ध ५ ओभरमा ३३ रन दिएर २ विकेट लिए । त्यसपछिको २ खेलमा २-३ ओभरमात्रै बलिङ गर्न पाएको र त्यसमा विकेट नलिएपछि लगातार ३ खेलमा बाहिर राखिएको उनले गुनासो गरेका छन् । 


    चनारा विगत ५-६ वर्षदेखि कर्णाली प्रदेशबाट क्रिकेट खेल्दै आएका छन् । कर्णाली प्रदेशबाट राष्ट्रिय टोलीको क्याम्पसम्म पुग्ने आफू पहिलो खेलाडी भएको उनको दावी छ । 

    ‘मैले सँधै कर्णाली प्रदेशको लागि आफ्नो तर्फबाट सक्दो योगदान दिएको छु । तर, विगत ३ वर्षदेखि टोलीबाट मैले पाएको व्यवहारका कारण आज म यो लेख्न बाध्य भएको छु । मैले कप्तानसँग सोध्दा ‘माथिबाट जे आदेश आउँछ, त्यही गर्छु’ भन्ने जवाफ पाइयो । यी सबै परिस्थितिलाई मध्यनजर गर्दै, मैले आजदेखि कर्णाली प्रदेशबाट नखेल्ने निर्णय गरेको छु ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार