काठमाडौं । इंग्लिस क्लब आर्सनलले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै स्पोर्टिङ सिपीविरुद्ध समग्रमा १–० को जितसहित आर्सनल सेमिफाईनल प्रवेश गरेको हो ।
पहिलो लेगमा काइ हाभट्र्जले अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै आर्सनलले अब सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। एट्लेटिको म्याड्रिड मंगलवार राति बार्सिलोनालाई हराउँदै सेमिफाइलन पुगेको थियो ।


