२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपाली क्रिकेटमा नयाँ प्रयोगः एकदिवसीयको कप्तान रोहित, टि- २० मा दीपेन्द्र

नेपाली क्रिकेटमा नयाँ प्रयोगः एकदिवसीयको कप्तान रोहित, टि- २० मा दीपेन्द्र

आईसीसी लिग– २ र यूएईविरुद्धको टी–२० श्रृंखलाका लागि टोली घोषणा

साझा पोष्ट
शुक्रबार, वैशाख ४ २०८३
  • images
    images
    नेपाली क्रिकेटमा नयाँ प्रयोगः एकदिवसीयको कप्तान रोहित, टि- २० मा दीपेन्द्र

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी घरेलु फर्म्याट अनुसारको नेतृत्वलाई प्रयोगमा ल्याएको छ । क्यानले एकदिवसीय र टि २० शृङ्खलाका लागि  अलग अलग कप्तान बनाएको हो । एकदिवसीय टिमको नेतृत्व रोहित पौडेल र टि २० को कप्तानी अब दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । 


    images

    क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी वैशाखमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी–२० र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि फरक–फरक कप्तान सहित टिम घोषणा गरिएको छ ।  

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वैशाख ७ र ८ गते (अप्रिल २० र २१) हुने यूएईविरुद्धको टी–२० शृङ्खलाका लागि दीपेन्द्रको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ। टोलीमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा र लोकेश बम  छन्। त्यस्तै बलिङतर्फ सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्लले स्थान बनाएका छन्। वैकल्पिक खेलाडीका रूपमा प्रतिस जिसी, नारायण जोशी र रसिद खानलाई राखिएको छ।

    t20.jpg


    त्यसैगरी, वैशाख १२ देखि २२ गते (अप्रिल २५ देखि मे ५) सम्म त्रिवि मैदानमै हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि पनि टोली सार्वजनिक भएको छ। नेपाल, यूएई र ओमान सहभागी हुने यस एकदिवसीय शृङ्खलामा रोहित पौडेलले कप्तानी गर्नेछन् भने दीपेन्द्र सिंह ऐरी उपकप्तानका रूपमा रहनेछन्।

    यो टोलीमा आसिफ शेख, भीम सार्की, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी जस्ता अनुभवी खेलाडीहरू समावेश छन्। एकदिवसीय टोलीको वैकल्पिकमा हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, ईशान पाण्डे र देव खनाल छन्।  टी–२० टोलीमा युवा र आक्रामक खेलाडीहरूको बाहुल्यता देखिन्छ भने एकदिवसीय टोलीमा अनुभव र सन्तुलनलाई ध्यान दिइएको छ । लामो समयपछि नेपालले खेलको विधाअनुसार फरक–फरक कप्तानको अवधारणा ल्याएको हो । 

    odi.jpg

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार