काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिका सहमति नजिक पुगेको बताएका छन् । तुर्कीको अन्तालिया डिप्लोमेसी फोरममा उनले वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको उनले बताएका छन् ।
उनले दुवै देश सम्झौताका निकै नजिक पुगेको बताए । उनका अनुसार केही विषयमा सहमति हुन बाँकी भए पनि प्रयास जारी छ र आशा समाप्त भएको छैन । उनले सम्झौता भएमा विश्वलाई नै फाइदा हुने बताए ।
उनले लेबनानमा युद्धविराम भइसकेको र इरानले बिना सर्त जहाजका लागि होर्मुज स्ट्रेट पुनस् खुला गरेको पनि बताए ।
डारले बाँकी वार्ता पनि चाँडै टुंगिने विश्वास व्यक्त गरे।


