२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ

श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ

साझा पोष्ट
सोमबार, वैशाख ७ २०८३
  • images
    images
    श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ

    काठमाडौं । प्राज्ञहरुले हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको गतिविधि राम्रो भएको टिप्पणी गरेका छन् । आईतवार ललितपुरमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै प्राडा राजाराम सुवेदी, प्रा.डा. विश्वनाथ भण्डारीलगायतका विषय विज्ञहरुले श्रमदान गरेर देश बनाउने सो पार्टीको नीति सही भएको उल्लेख गर्दै त्यसलाई अझै परिमार्जन गर्दै अघि बढाउनुपर्नेमा जोड दिए ।


    images

    उनले भ्रष्ट हुनबाट बचेर सो पार्टीले आफ्नो गतिविधिलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे । सुवेदीले भने,‘यो श्रम संस्कृति मान्छेहरुलाई थाहा नभएको हो र रु थाहा भएको नै हो । तर उहाँले व्यवहारिक रुपमा पूर्वबाट नै गर्दै आउनु भएको छ । अब पश्चिमतिर जाँदै हुनुहुन्छ । भ्रष्ट हुनबाट बचेर आफैँले श्रमदान गरेर देश मिलेर बनाउने हो । यो कुरा हर्कजीले बुझनु भएको छ । श्रम गरेर देश बनाउने उहाँको विचार अझै परिपक्व होस् । उहाँले गर्नु भएको शुरुवाती राम्रो छ ।’

    देश भनाई र गराईको विभेदले तहसनहसको अवस्थामा पुगेको उल्लेख गर्दै प्रा.डा. भण्डारीले श्रम संस्कृति पार्टीले त्यस्तो अवस्थाबाट मुलुकलाई जोगाउन सक्ने सुरुवाती दिनका गतिविधिहरुले देखाएको दावी गरे । उनले श्रम गरेर मुलुकलाई निर्माण गर्ने सो पार्टीको नीति र कार्यक्रम सही भएकाले त्यसमा बौद्धिक समुदायले पनि सहयोग गर्नुपर्ने बताए ।

    भण्डारीले भने,‘भनाई र गराईको विभेदले देश तहसनहस भयो । अब त्यस्ता कुरा हामीलाई आवश्यक छैन । हामीलाई हाम्रो दिल र दिमागबाट जे कुरा सम्भव हुनसक्छ, ती कुराहरु मात्रै हामीलाई आवश्यक छ । जुन कुरा हाम्रो बल, बुद्धि र बर्कतले भ्याउँछ, ती कुराहरुको सम्वद्र्धन, संरक्षण, प्रयास र प्रयत्नले मात्रै हामी त्यो काम गर्नसक्छौँ ।

    यो काममा श्रम संस्कृति पार्टीले नेतृत्वादायी भुमिका खेल्दै छाएको छ । यसैकारण यो पार्टी थोरै समयमा राष्ट्रिय पार्टी बनेको छ । यसलाई अझै सुसंगठित, परिमार्जन गर्दै अघि जानुपर्नेछ ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार