काठमाडौं । नेपालविरुद्धको पहिलो टि २० मा युएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको छ ।
पानीले अवरोध गरेको खेलमा डिएल मेथडका आधारमा युएईले लक्ष्य पाएको हो । नेपालले पहिले ब्याटिङ गरेर १८ ओभर ५ बलमा १२२ रन बनाएका बेला पानी परेपछि रोकिएको खेल शुरु हुन सकेन् । र, पानी रोकिएपछि लक्ष्य निर्धारण गरिएको हो ।


