काठमाडौं । एकदिवसीय सिरिजको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य दिएको छ।
मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८० रन बनायो। ओमानका लागि मुजबुर अलिले सर्वाधिक ७२ रन बनाए । उनले ८५ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै ओपनर जतिन्द्र सिंहले ४८ बल खेल्दै ९ चौका र १ छक्का सहित ५८ रन जोडे । हासिर डाफेडारले ४६ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे।
अर्का ओपनर आशिष ओडेडाराले २७ रन बनाए । विनायक शुक्ला २५ रनमा आउट भए । जितन कुमार रामानन्दी १७ रनमा नटआउट रहे रहे।
ओपनर जतिन्द्र सिंह र आशिष ओडेडाराले ओमानलाई राम्रो सुरुवात दिलाए। उनीहरूले पहिलो विकेटको लागि ७९ रनको साझेदारी गरे। त्यसपछि चौथो विकेटका लागि मुजबुर अलि र हासिर डाफेडारले चौथो विकेटका लागि ९१ रनको सानदार साझेदारी गरे।
बलिङमा आकाश चन्दले ९ ओभरमा ३१ रन दिएर सर्वाधिक ४ विकेट लिए। सन्तोष यादवले २ तथा साहब आलम, शेर मल्ल र रसिद खानले १-१ विकेट लिए।
ओमान आइसिसी मेन्स क्रिकेट वल्ड कप लिग टुको सिरिजको तयारीमा छ । यही शनिबारदेखि लिग टु अन्तर्गत नेपाल, युएई र ओमानबीचको सिरिज हुँदैछ।


