२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, आफूमाथि छानबिन गर्न आग्रह

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, आफूमाथि छानबिन गर्न आग्रह

साझा पोष्ट
बुधबार, वैशाख ९ २०८३
  • images
    images
    गृहमन्त्री सुधन गुरुङले  दिए राजीनामा, आफूमाथि छानबिन गर्न आग्रह

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर उनले राजीनामा बुझाएका हुन् ।


    images

    विवादित व्यवसायीसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि उनीमाथि राजीनामाको दबाब थियो । आफूले राजीनामा दिएको बारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । 

    उनले आफूमाथि पनि यसविषयमा छानबिन होस् भनेर माग गरेका छन् । उनले पदमा रहेर छानबिन गर्दा स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको भनेका छन् ।

    ‘मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नेदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।’

    उनले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको पनि प्रष्ट पारेका छन् ।  ‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उनले भनेका छन्, ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।’

    उनले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको पनि बताएका छन् । उनले सञ्चारकर्मीहरूलाई चेतावनी पनि दिएका छन् । ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ,’ उनले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वीट शेयर छ विस्तारै आउला । रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार