काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई र ओमानबीचको शृंखला सुरु भएको छ । पहिलो खेलमा अहिले नेपालले अहिले केहीबेरमा युएईविरुद्ध ब्याटिङ गर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर नेपाललाई याटिङको निम्तो दिएका हुन् । कुशल भुर्तेल र आशिफ शेखले नेपालको इनिंग थाल्नेछन् ।
नेपालले बुधबार ओमान र शुक्रबार फेरि यूएईसँग खेल्नेछ । यस्तै, आउँदो बुधबार ओमन र शुक्रबार युएईसँग खेल्ने तालिका छ । त्यसपछि अर्को मंगलबार नेपालले ओमानसँग दोस्रो तथा शृंखलाको अन्तिम खेल खेल्नेछ ।
१२ देखि २२ वैशाखसम्म लिग-२ शृंखलामा घरेलु टिम नेपाल, यूएई र ओमानले एकापसमा दुई-दुई खेल खेल्नेछन् । त्यसपछि नेपालले अमेरिका र स्कटल्यान्डसँग अर्को शृंखला खेल्नेछ ।
लिग-२ मा नेपाल २० खेलमा ५ जित, १३ हार र २ खेल रद्द हुँदा १२ अंक जोडेर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । - आठ टिम सम्मिलित लिग-२ मा नेपाल सातौँ स्थानमा छ । यूएई र ओमानसँगको शृंखलामा नेपालको लक्ष्य हरेक खेल जित्दै अंक तालिका सुधार गर्ने हुनेछ ।
नेपालले लिग-२ का ८ खेल घरेलु मैदानमा खेल्न लागेकाले पनि होम एड्भान्टेज हुनेछ । र, त्यसको सदुपयोग गर्दै नेपालले धेरै अंक जोडेर अंकतालिकामा सुधार गर्नुपर्नेछ ।
नेपालभन्दा अंक तालिकामा यूएईमात्रै पछाडि छ । यूएईले २० खेलमध्ये ५ मा जित निकाल्दै १० अंक जोडेर पुछारमा छ । ओमान २४ खेलबाट २९ अंकसहित तेस्रो स्थानमा छ ।
ओमान र यूएईसँगको शृंखलालगत्तै नेपालले घरेलु मैदानमै अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ । अमेरिका २४ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३४ अंक छ ।
अघिल्लो पटक नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय विश्वकपको अन्तिम छनोटमा स्थान पक्का गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको थियो ।
त्यतिबेला नेपालले अन्तिम तीन शृंखलामध्ये दुई शृंखला घरेलु मैदानमा खेल्दा दुई शृंखलाको सबै ८ खेल नै जितेको थियो । नेपालले बलियो टिम स्कटल्यान्डलाई पनि हराएको थियो ।
नेपालको प्लेइङ-११
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी


