२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

चलेन नेपालको ब्याटिङ, दीपेन्द्रको ७५ रन मद्दतमा युएईलाई २ सय १ रनको लक्ष्य

चलेन नेपालको ब्याटिङ, दीपेन्द्रको ७५ रन मद्दतमा युएईलाई २ सय १ रनको लक्ष्य

साझा पोष्ट
शनिबार, वैशाख १२ २०८३
  • images
    images
    चलेन नेपालको ब्याटिङ, दीपेन्द्रको ७५ रन मद्दतमा युएईलाई २ सय १ रनको लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २ सय १ रनको कमजोर लक्ष्य दिएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २०० रनमा अलआउट भयो ।


    images

    नेपाल  पुरै ५० ओभर पनि टिक्न सकेन । नेपाल ४८ ओभर २ बलमा अल आउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले मात्रै सम्झन लायक प्रदर्शन गरे । एकपछि अर्को गर्दै विकेट झरे पनि एउटा एण्डमा जमेर खेल्दै ऐरीले नेपालको स्कोर २ सय रनसम्म पुर्याए । उनले ९० बलमा ५ चौका र २ छक्काको मद्दतले ७५ रन बनाए । उनी अन्तिम विकेटका रुपमा आउट भए । 

    यस्तै, कुशल भुर्तेलले २४, करण केसीले २२, आरिफ शेख र सोमपाल कामीले समान १५–१५ रन जोड्दा भीम सार्कीले १० रन बनाए। आसिफ शेख ७ तथा रोहित पौडेलले २ रन बनाए ।  

    बलिङतर्फ यूएईका जुनैद सिद्धिकी र अजय कुमारले तीन–तीन तथा खुजैमा तनवीर दुई विकेट लिए भने हैदर अली र मुहम्मद शहदादले एक–एक विकेट लिए। नेपालका लागि लिग टु को यो सिरिज निकै महत्वपूर्ण छ । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार