२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

एन्फाका पदाधिकारीलाई विदेश जान रोक

एन्फाका पदाधिकारीलाई विदेश जान रोक

साझा पोष्ट
आइतबार, वैशाख १३ २०८३
  • images
    images
    एन्फाका पदाधिकारीलाई विदेश जान रोक

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट रोक्का भएको छ । 


    images

    उनीहरुलाई विदेश जान रोक लगाइएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फाको विषयमा छानविन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरेको थियो। 

    सोही समितिले आर्थिक विषयमा छानविन गर्न भन्दै नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । 
    पछिल्लो समय खेलकुद परिषद र एन्फाबीच विवाद छ। आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फामाथि खेलकुद परिषदले तीन महिनाको निलम्बन गरेको थियो। 

    साथै एन्फामा अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको विषयमा खेलकुद मन्त्रालयमा पत्र पठाइएको थियो । 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार