२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

रोशनलाई अग्रज खेल पत्रकारिता सम्मान, नायकलाई युवा पत्रकारिता पुरस्कार

रोशनलाई अग्रज खेल पत्रकारिता सम्मान, नायकलाई युवा पत्रकारिता पुरस्कार

साझा पोष्ट
आइतबार, वैशाख १३ २०८३
  • images
    images
    रोशनलाई अग्रज खेल पत्रकारिता सम्मान, नायकलाई युवा पत्रकारिता पुरस्कार

    काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्ष अग्रज खेल पत्रकारिता सम्मानबाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट नायक पौडेल पुरस्कृत भएका छन् ।


    images


    नक्सालमा आईतवार भएको मञ्चको २१औं वार्षिक साधारण सभाको अवसरमा यस वर्षको अग्रज खेल पत्रकारिता सम्मानबाट राउत र युवा पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव राम चरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरे । अग्रज सम्मान पाएका राउतले सम्मानपत्रसहित नगद ३५ हजार तथा अनुज पत्रकार नायकलाई ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।  

    लोकान्तर अनलाइनमा कार्यरत खेल पत्रकार रोशन सिंह राउतले झन्डै तीन दशक खेलकुद पत्रकारितामा बिताएका छन् ।  उनले श्री सगरमाथा र एभरेस्ट हेराल्ड हुँदै रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, स्पेस टाइम्समा काम गरेका थिए। साथै अन्नपूर्ण पोस्टमा उनले दुई दशक खेलकुद ब्युरो प्रमुखका रूपमा काम गरेका थिए । 

    राउतले दक्षिण एशियाली खेलकुद प्रतियोगितादेखि एशियाली खेलकुद अनि फिफा विश्वकप छनोट देखि एसीसी ट्रफी सम्मको फिल्ड रिपोर्टिङ गरेका छन् ।
    रोशनले पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर र त्रिभूवन विश्वविद्यालयबाट कानून विषयमा स्नातक तह उत्तीर्ण गरेका छन्।
    सम्मान प्राप्त गरेपछि रोशन सिंह राउतले आफ्नो घरजस्तै संस्थाबाट सम्मान पाउँदा गर्विलो महसुस भएको बताए । ‘मैले विभिन्न ठाउँबाट सम्मान पाएको छु। तर यो सम्मान मेरो लागि अति विशेष छ। किनकि यो मैले आफ्नै परिवारबाट पाएको हुँ,’उनले भने ।

    सुमन भोम्जन युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत युवा पत्रकार नायकले द राइजिङ नेपाल हुँदै द काठमान्डु पोस्ट अंग्रेजी दैनिकमा काम गरेका छन् । पुरस्कार प्राप्त गरेपछि उनले भने, ‘अग्रज पत्रकारहरूको प्रेरणाले गर्दा म यो पुरस्कारको हकदार हुन सकेँ। यस्तो प्रेरणा भविष्यमा पनि पाइरहने विश्वास छ।’


    समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारण सभाको सफलताको कामना गरेए । उक्त अवसरमा नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्टले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन समारोहको सभापति नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रममा उपस्थित अतिथिलाई धन्यवाद दिएका थिए । –न्युज एजेन्सी नेपाल

     

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार