काठमाडौं । विपक्षी दलहरूले सरकारले अध्यादेश अघि बढाएकोमा कडा आपत्ति जनाउँदै स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
आज बसेको संयुक्त बैठकले संसद् अधिवेशन आह्वान गरेलगत्तै स्थगित गरेर अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएको ठहर गरेको हो ।
'सिफारिस भएको अध्यादेश तत्काल फिर्ता लिन र संसद् अधिवेशन आह्वान गर्न पनि विपक्षी दलहरुले माग गरेका छन्। संसदको अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरी यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकोले हामी घोर विरोध, भत्र्सना र निन्दा गर्दछौँ ।' विपक्षी दलहरुले संयुक्त रुपमा भनेका छन्, उपरोक्त अध्यादेशहरु अबिलम्व फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिश भई गएका अध्यादेशहरु संसद छल्ने उद्देश्यका साथ सिफारिस भइ आएकाले स्वीकृत नगर्न सम्माननीय राष्ट्रपतिसमक्ष हार्दिक अनुरोध गर्दछौँ । संघीय संसदको अधिवेशन अविलम्ब आह्वान गर्न जोडदार माग गर्दछौँ ।'


