काठमाडौं । युवा ब्याटर अर्जुन कुमालले नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गर्ने भएका छन् ।
आईसीसी विश्व कप लिग २ अन्तर्गत युएई विरुद्धको खेलमा उनलाई आज मौका दिइएको हो । उनी नेपाली सिनियर टिमको लागि पहिलो पटक खेल्दैछन । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले अर्जुनलाई डेब्यु क्याप दिए । उनीसँग यु(१९ राष्ट्रिय क्रिकेट टिमबाट नेपालको लागि खेलेको अनुभव छ । यसअघि उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा स्थान बनाए पनि राष्ट्रिय टिममा परेको यो पहिलो पटक हो ।
अर्जुनले घरेलु क्रिकेट गण्डकी प्रदेशबाट खेल्ने गरेका छन् । उनले पिएम कपमा सर्वाधिक ५ सय ४ रन बनाएका थिए । पिएम कपको इतिहासमा एकै सिजन ५ सय रनको आँकडा पार गर्ने उनी पहिलो खेलाडी हुन् । उनले ५ सय ४ रन बनाउने क्रमम शतक पनि प्रहार गरेका थिए । यीनै अर्जुलाई आज मौका दिइएको हो ।


