२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

नेपालले युएईविरुद्ध टस जितेर ब्याटिङ रोज्यो, अर्जुन र विनोद ओपनिङमा

नेपालले युएईविरुद्ध टस जितेर ब्याटिङ रोज्यो, अर्जुन र विनोद ओपनिङमा

कुशल, आशिफ, करण र बसिर बाहिर

साझा पोष्ट
शुक्रबार, वैशाख १८ २०८३
  • images
    images
    नेपालले युएईविरुद्ध टस  जितेर ब्याटिङ रोज्यो, अर्जुन र विनोद  ओपनिङमा

    काठमाडौं । आईसीसी विश्व कप लिग २ मा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ रोजेको छ । आज प्रशिक्षक स्टुआर्ट लले चार परिवर्तन गरेका छन् । आज कुशल भुर्तेल र आशिफ शेखलाई बाहिर राखेर अर्जुन कुमाल र विनोद भण्डारीलाई ओपनको जिम्मेवारी दिइएको छ । 


    images

    युवा ओपनर अर्जुन कुमालले राष्ट्रिय टिममा पहिलो पटक मौका पाएका छन् । विकेट किपर तथा टप अर्डर ब्याटर विनोद भण्डारीले चार वर्षपछि एकदिवसीय खेल खेल्दैछन् । उनले पछिल्लो पटक लिग २ मा सन् २०२२ मा स्कटल्यान्डसँग खेलेका थिए ।


    यसैगरी ललित नारायण राजवंशी र नन्दन यादवले पनि प्लेइङ इलेभेनमा स्थान बनाए । बसिर अहमद र करण केसीको स्थानमा उनीहरूलाई खेलाइएको छ । अन्य खेलाडीहरूमा भिम सार्की , रोहित पौडेल, आरिफ शेख, दिपेन्द्र सिह ऐरि, सोमपाल कामी, सन्दिप लामिछाने र गुल्सन झा  छन् ।

    नेपालले यसअघिको खेलमा युएईलाई ३७ रनले हराएको थियो भने ओमानसँग डिएल मेथडमा पराजित भएको थियो। 

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार